४ पुस, बाजुरा । बाजुरालाई केन्द्रविन्दु बनाएर शनिबार बिहान ५.५ रेक्टर स्केल म्याग्नेच्यूटको भूकम्प गएको छ ।
बिहान चार बजेर दूई मीनट जाँदा बाजुराको जगननाथ नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो भूकम्प नयाँ भूकम्प रहेको जनाउँदै मापन केन्द्रले भूकम्पको सुदुरपश्चिम र मध्यपश्चिमसहित कास्की, गुल्मी, पाल्पालगायतका जिल्लामा महशुस गरिएको थियो ।