काठमाडौँः अप्टिकल फाइबर प्रयोग गरेर बिना अनुमति दूरसञ्चार सेवा प्रदान गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई कारबाही गरेको छ ।
यस्तो ठाउँ जहाँ श्रीमती साटेर मात्रै यौनसम्पर्क गरिन्छ !
अहिलेको युगमा विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । जसलाई कलियुग भन्ने गरिन्छ ।
हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साटेर यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेको छ । आफ्नी श्रीमतीलाई परपुरुषसँग र परपुरुषकी श्रीमती वा गर्लफेण्डसँग आफूले यौनसम्पर्क राख्ने गरेको घटना समाचारमार्फत बाहिर आएको हो ।
घटना छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा भएको हो । उत्तर प्रदेशबाट श्रीमती सीता (नाम परिवर्तन)लाई दिल्ली लगेर श्रीमान हरि (नाम परिवर्तन)ले आफ्ना साथी अमर(नाम परिवर्तन)सँग यौनसम्पर्क गर्न लगाएका छन् भने साथीकी गर्लफ्रेण्ड निशा (नाम परिवर्तन)सँग आफूले यौनसम्पर्क राखेको भारतीय पत्रिका दैनिक जागरणको अनलाईनले समाचार प्रकाशित गरेको छ ।
६.५ रेक्टर स्केलको भूकम्पले हल्लियो भारत, पाकिस्तानमा केही घर भत्किए
काठमाडौं, ११ पुस । शुक्रबार मध्यराति गएको ६.५ रेक्टर स्केलको शक्तिशाली भूकम्पले भारतका अधिकांश सहर हल्लिएका छन् ।
राजधानी नयाँ दिल्ली, पञ्जाब, हिमाञ्चल, कश्मीर सहित उत्तर भारतका कैयौ भूभागमा भूकम्पको कडा धक्का महसुस गरिएको भारतीय न्यूज च्यानल एबीपीले जनाएको छ ।
राति १ बजे भूकम्पका कैयौ झट्का महसुस गरिएको थियो । भूकम्पको धक्काले मानिसहरुले सुत्न पनि पाएनन् । घर छाडेर बाहिर चौरमा गएका थिए ।
भूकम्पको केन्द्र अफगानिस्तान-ताजिकिस्तान सीमा नजिकै रहेको बताइएको छ । यसको तीव्रता ६.५ रेक्टर स्केल मापन गरिएको छ ।
अफगानिस्तान र पाकिस्तानमा केही मानिसहरु घाइते भएको प्रारम्भिक सूचना प्राप्त भएको छ । भारतमा भने कुनै क्षति नभएको अधिकारीले बताएका छन् । भूकम्पको धक्का करिब ३ मिनेटसम्म महसुस गरिएको थियो ।
दिल्ली-एनसीआर चण्डीगढ़, जयपुर र कश्मीरका साथै अलावा पाकिस्तानको शहर लाहौर र इस्लामाबाद पनि भूकम्पको कडा धक्का महसुस गरिएको छ । भारतमा सबैभन्दा ठूलो धक्का कश्मीरको राजधानी श्रीनगरमा महसूस गरिएको छ ।
समाचार अनुसार भूकम्पले पाकिस्तान र अफगानिस्तानमा केही घरहरु भत्किएको विवरणहरु पनि सार्वजनिक भएका छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
पेस्तोल हराउने डीएसपी तानिए
काठमाडौं: कीर्तिपुरको चाल्नाखेलमा रहेको एभरेस्ट ग्यासको रिफिलिङ सेन्टरमा स्थानीयसँगको झडपमा पेस्तोल हराएको र समयमै माथिल्लो आदेश पालना नगरेको भन्दै महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी टीकाबहादुर केसीलाई काठमाडौं परिसर तानिएको छ। केसीलाई छानबिनका लागि परिसर तानिएसँगै वृत्तको इन्चार्जमा महानगरीय प्रहरी रानीपोखरीका डीएसपी प्रेम बस्नेतलाई पठाइएको छ।महानगरीय प्रहरीले घटनाको आवश्यक छानबिनका लागि डीआईजी मधु पुडासैनीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ।
गरिवलाई धनीको बस्तीमा जान नदिन १० फिटको पर्खाल लगाइयो
अरु त अरु संसारकै शिक्षित, धनी र शक्तिशाली भनिएका देशमा धनी र गरिव बिचको बढ्दो अन्तर सुन्दा तपाई आश्चार्यमा पर्नुहुनेछ । खबर हो पेरूको । जहाँ एउटा यस्तो पर्खाल बनाइएको छ, जसले धनी र गरिबको बस्तीलाई दुई कित्तामा छुट्याउँछ ।
१० फिट अग्लो यस पर्खाललाई अझ सुरक्षीत बनाउन त्यसमाथि पनि तारले पनि घेरिएको छ । जुन पर्खाललाई ुपेरूको बर्लिनको पर्खालु भनिन्छ । गरिबले धनीको घरमा पसेर चोर्न नपाउन भनी यो पर्खाल लगाइएको बताइन्छ ।पर्खालको एक तर्फ सबैभन्दा धनी मानिस बस्छन् भने अर्कातिर गरिब मानिसहरु बस्छन् । यो पर्खाललाई अन्तर्राषट्रिय सञ्चारमाध्यमले लाजमर्दो पर्खालु को संज्ञा दिएका छन् । कयौं मानिसले यस पर्खालविरुद्ध आन्दोलन पनि थालेका छन् ।
एक कल फोनले यसरी भेटियो डीएसपीबाट लुटिएको पेस्तोल
पुस, काठमाडौं । कीर्तिपुुरको चाल्नाखेलमा ग्यास उद्योगमा भएको तोडफोडका क्रममा डीएसपीबाट लुटिएको हतियार भेटिएको छ ।प्रहरीका अनुसार डीएसपीबाट लुटिएको हतियारसहित विकेश कार्की पक्राउ गरेका छन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलका अनुसार कार्की अहिले प्रहरी नियन्त्रणमा छन् र घटनाबारे थप छानविन भइरहेको छ ।
मंगलबार चाल्नाखेलमा रहेको एभरेष्ट ग्यासको उद्योगमा तोडफोड गर्ने क्रममा डीएसपीको पेस्तोल लुटिएको थियो ।प्रहरीले घटना लगतैबाट हराएको पेस्तोल खोजी गरेपनि भेटिएको थिएन । तर, सीसीटीभी फुटेजका आधारमा शंकास्पद मानिसहरुको सूची बनाएर अनुसन्धान गरिरहेको थियो ।अनुसन्धानका खटिएका प्रहरी जेमबहादुर थापालाई बुधबार राई थरका युवकले फोन गरे । उनले प्रहरीको खोजी सूचीमा आफ्नो रहेको भन्ने सुनेको र आफूलाई डर लागिरहेको सुनाए । उनले लगतै फोन राखे ।प्रहरीले उनलाई फोन गरेर खोजी सूचीमा नाम भएको भन्दै घटनाबारे बताउन भन्यो । ‘उनले एउटा नम्बर दिए’ पोखरेलले भने-‘फोन गर्दा त्यो नम्बर विकेशको रहेछ । उनलाई बोलायौं र आएर उनले हतियार भएको स्वीकार गरे ।’
विकेशले आफैं हतियार ल्याइदिने बताएका थिए । तर, प्रहरीसँगै उनको घरमा पुग्यो । उनले घर भित्रबाट हराएको पेस्तोल झिकेर प्रहरीलाई बुझाए ।उनलाई अहिले कीर्तिपुर प्रहरीले हिरासतमा लिएको छ । प्रारम्भीक वयानका क्रममा उनले आफूले खोलामा पेस्तोल भेटेको बताएका छन् ।
मधेसी मोर्चाका कार्यकर्ताबाट ट्रकमा आगजनी
चन्द्रपुर : आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरुले रौतहटको गरुडा बजारस्थित मेथुर चोकनजिकै मंगलबार राति एक ट्रकमा आगजनी गरेका छन् ।
मिठा(सख्खर) लोड गरेर बाराको जीतपुर लैजान लागिएको ना.३ ख १७० नम्बरको ट्रकमा मोर्चाका कार्यकर्ताहरुले आगजनी गरी भागेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजेन्द्र पोखरेलले जनाकारी दिए ।आगजनीबाट ट्रकको झ्याल र अगाडीको भाग जलेर नष्ट भएको छ । रौतहटकै विर्तालक्ष्मीपुरका उमाशंकर जैसवालको सो ट्रकमा आगजनी भएको हो ।
नाकाबन्दीले भारतीय कम्पनीलाई धेरै नोक्सानी
काठमाडौं, ८ पुस । भारतीय नाकाबन्दीका कारण नेपालबाट वर्षमा दुई अर्ब रुपैयाँभन्दा बढी लाभांश लैजाने भारतीय बहुराष्ट्रिय कम्पनी पनि प्रभावित भएका छन् ।
अहिलेसम्म नेपालमा भएको कुल विदेशी लगानीमा भारतीय लगानी पहिलो नम्बरमा आउँछ ।
भारतीय बहुराष्ट्रिय कम्पनी युनिलिभर, डाबर लगायत नाकाबन्दीको प्रत्यक्ष मारमा रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
युरोपमा आप्रवासी बढ्नुमा नेपाल भूकम्प पनि प्रमुख कारण
८ पुस, काठमाडौं । यो वर्ष मानव तस्करहरुको माध्यमबाट युरोप जाने आप्रवासीहरुको सङ्ख्यामा देखिएको अभूतपूर्व वृद्धिको कारण सिरियामा भएको युद्ध मात्र नभई नेपालमा वैशाख महिनामा आएको विनाशकारी भूकम्प पनि रहेको संयुक्त राष्ट्र संघको एक निकायले बताएको छ ।
अन्तराष्ट्रिय आप्रवासन संस्था (आइओएम) का प्रमुख विलियम स्विङ्गले रोयटर्सलाई दिएको अन्तरवार्तामा सिरियामा भइरहेको यद्ध, इबोलाको महामारी, पश्चिमी अफ्रिकामा बिको हरमको गतिविधि, नेपालमा आएको भूकम्प, लिबियामा जारी द्वन्द्व र यमन, दक्षिणी सुडान, मध्य अफ्रिकी गणतन्त्र, अफगानिस्तान र इराकमा देखिएको सम्स्याका कारण युरोपमा पहिले कहिल्यै नदेखिएको स्तरको आप्रवासी सम्स्या देखिएको बताएका छन् ।
जनताका लागि नेपाली सेनाद्वारा आगो र चियाको व्यवस्था
गौशाला, ८ पुस । बिहानको कठ्याँङ्ग्रिदो जाडो छल्नका लागि महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली सेनाले आज बिहान आगो र चियाको व्यवस्था गरेको छ ।
बढ्दै गएको जाडोका कारण स्थानीय बासिन्दा तथा सडकमा रात बिताउनेका लागि जलेश्वरस्थित नेपाली सेनाका फस्ट रैफल गणले जलेश्वरको मटिहानीचौक, दुर्गाचौक र शङ्करचौकमा दाउरा बालेका छन् ।
चाल्नाखेलमा स्थानीयसँगको झडपमा डिएसपीको पेस्तोल हरायो
काठमाडौंमा चाल्नाखेलमा रहेको एभरेष्ट ग्यासमा झडप हुदाँ डिएसपीको पेस्तोल हराएको छ । किर्तिपुर वृृतका डिएसपी टीकाबहादुर केसीले बोकेको हतियार स्थानीयले खोसेका हुन् । केसीले बोकेको चाइनिज मिनि पेस्तोलमा ७ राउण्ड गोली लोड भएको अवस्थामा थियो ।
ग्यास नपाएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीय तोडफोडमा उत्रिएपछि प्रहरीले प्रतिकार गर्दा डिएसपीको पेस्तोल हराएको एसपी विश्वराज पोखरेलले जानकारी दिए । अहिले सो क्षेत्रमा प्रहरी निगरानी बढाइएको छ ।
सो क्षेत्रमा प्रहरी परिचालन गरिनुका साथै चेकजाँच भइरहेको एसएसपी विक्रमसिंह थापाले जानकारी दिए । पेस्तोल हराएको अपरान्ह सवा ४ बजे घटना भएको ३ घन्टा हुदाँ समेत फेला परेको छैन् । एसपी पोखरेलले स्थानीयले प्रहरीमाथि गुरिल्ला शैलीमा आक्रमण गरेको बताए । जंगलतर्फको भिरजस्तो स्थानबाट एक हजारभन्दा बढीले ढुंगामुडा गरेको उनले बताए । स्थानीयको ढुंगा लागेर डिएसपी केसी र रेवती ढकाल घाइते भएका छन् ।
तेल चोरेर बेच्दै गर्दा आयल निगमका सात ट्याकर चालक-सहचालक पक्राउ
७ पुस, काठमाडौं । जोगवनीबाट ल्याएको इन्धन बाटोमा नै बेच्ने क्रममा नेपाल आयल निगमका सात ट्यांकर र चालकलाई प्रहरीले रंगहात पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सातवटै ट्यांकरमा २० हजार लिटरका दरले डिजेल थियो । जोगवनीबाट ल्याएको यो डिजेल थानकोटस्थित आयल निगमको डिपोमा लैजानु पर्ने थियो ।
तर, धादिङको थाक्रेमा सिल तोडेर बेच्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । २ वटा सिल तोडिएको थियो । अरु तोड्न बाँकी रहँदा नै हामीले नियन्त्रणमा लिएका छौं’ प्रहरीले भनेको छ ।
भक्तपुरमा हिलोबाट दुई शव निकालियो, मृत्युको रहस्य खुल्न सकेन
सिन्धपाल्चोक घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–४ सुवर्णेश्वर चुनदेवीनजिकै कृष्णहरि छिमीको घरमा डेरा गरी बस्ने वर्ष ४७ को रुकबहादुर लामिछाने सोही घरको कम्पाउन्डमा रहेको इनार अगाडिको हिलोमा मंगलबार मृत अवस्थामा फेला परेको हो ।भक्तपुर, ८ पुस । भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा हिलोमा घोप्टो परेर मृत अवस्थामा दुईवटा शव फेला परेको छ ।
Subscribe to:
Posts (Atom)