धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

पत्रकारमाथि आक्रमण गर्ने जेल चलान

झापा: जिल्ला अदालत झापाले पत्रकार रेजिना रोदन र पत्रकार महासङ्घ झापाका कार्यालय सचिव खेम बरालमाथि आक्रमणमा संलग्नलाई पाँच/पाँच वर्ष कैदको फैसला गरेको छ। 
 न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आक्रमणमा संलग्न अमन भनिने अर्जुन सुब्बा र विनायक मानन्धरलाई पाँच-पाँच वर्षको कैद फैसला गरेको अदालतका स्रेस्तेदार नवराज आचार्यले जानकारी दिए।

राष्ट्रिय कविता प्रतियोगिता आयोजना भएको १० महिनापछि पुरस्कार वितरण

Yekal-Yatri-with-Bidhya-Bha
  • १५ मंसिर, काठमाडौं । गत वर्ष माघ ९ गते आयोजित राष्ट्रिय कविता महोत्सवका विजेताहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार पुरस्कार वितरण गरेको छ ।
प्रतियोगिता सम्पन्न भएको १० महिनापछि प्रतिष्ठानले मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा औपचारिक समारोह आयोजना गरी राष्ट्रिय कविता महोत्सव २०७१ का विजेताहरुलाई पुरस्कार प्रदान गरेको हो ।

यी हुन् प्रेमिका ल्याउन चार छोराछोरी हत्या गर्ने बाबु

Nandabahadur_rokaya_four_child_murder_mugu_Nepal

मुगु, १६ मंसिर । आफूले जन्माएका चार छोराछोरी हराएको नाटक गरी हत्या गर्ने ह्याङ्गलु–६ रिगा गाँउका नन्दबहादुर रोकायाले प्रेमिकाकै कारण त्यति क्रुर घटना गर्न पुगेको बताएका छन् ।
असोज ९ गते हराएको नाटक गरेका रोकायाले सोही दिन बिहान चार बजे श्रीमति पिरल लिन मेलामा गएको मौकामा सुतिरहेका चारैजना छोराछोरीको कोदालोले हानेर हत्या गरेको  छ ।

दुलही ल्याएर कारागारभित्रै विवाह


बझाङ: जबरजस्ती करणीको मुद्दामा कारागार बसेका माझीगाउँ गाविस मेल्तडी घर भएका भरत रावलले मंगलबार आफूलाई मनपरेकी युवती गाउँबाट बोलाएर कारागारभित्रै विवाह गरेका छन्।माझीगाउँ गाविस २ घर भएकी पूजा थापासहित दुलही र दुलाहा पक्षका आफन्त आएर भरत र पूजाको कारागारमा बिहे गरिएको हो।'छोरा भरतसँग पूजाको प्रेम सम्बन्ध रहेछ', दुलाहाका बुबा मोहनबहादुर रावलले भने, ‘फोन गरेर हामीलाई विवाहको कर्मकाण्ड गरिदिनुपर्‍यो भनेर बोलाइयो। हाम्रो संस्कारअनुसार विवाह गरिदियौं।'

पेरिसमा मोदीलाई यसरी हेपे पाकिस्तानका प्रधानमन्त्री शरिफले (हेर्नुस् भिडियो)

Modi_Nawazकाठमाडौं, १५ मंसिर । नेपालमा नाकाबन्दी लगाएर विदेश भ्रमणमा घुमिरहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्सको राजधानी पेरिसमा बेइज्जत भएको छ ।
जबरजस्ती पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफलाई भेटेका मोदीको कुरै नसुनेपछि उनको बेइज्जत भएको हो । शरिफसँग हात मिलाएर एकान्त ठाउँमा ल्याई मोदीले केही भन्न खोजेका थिए । तर,....... शरिफले मोदीको कुरै सुन्न चाहेनन् ।भिडियोमा हेर्दा पाकिस्तानी प्रधानमन्त्री शरिफ निकै आक्रोशित देखिन्छन् । भारतीय सञ्चारमाध्यमले पनि मोदीको कुरा शरिफले नसुनेको जनाएका छन् । सीमा क्षेत्रमा रहेको काश्मिर राज्यलाई लिएर पाकिस्तान र भारतबीच वर्षाैदेखि दुश्मनी रहँदै आएको छ । पाकिस्तानले काश्मिरलाई भारतबाट स्वतन्त्र हुनुपर्ने अडान राख्दै आएको छ । काश्मिर अहिले भारतको कब्जामा छ ।

एकैपटकमा गुल्मीका तीस जना शाखा अधिकृत


काठमाडौं–गुल्मीका तीस जनाले एकै पटकमा शाखा अधिकृत पदमा नाम निकालेका छन् । लोक सेवा आयोगले शुक्रबार सार्वजनिक गरेको शाखा अधिकृतको नतिजामा गुल्मीजिल्लाबाट विभीन्न समुहमा गरी तीस जनाले नाम निकाल्न सफल भएका हुन् ।

खाली सिलिन्डर सडकभरि, भरिएका बुलेट सीमापारि

दुईवटा बुलेट आएपछि मात्रै सिलिन्डर बजारमा ल्याउने उद्योगीको योजना



१४ मंसिर, काठमाडौं । भारतबाट ग्यासका बुलेटहरु आउन लगभग बन्द भएको भन्दै काठमाडौंमा ग्यास सिलिन्डरको बिक्री-वितरण रोकिएको छ ।
काठमाडौंमा धेरै उपभोक्ता भएका उद्योगहरुका ग्यास बुलेट नाका पारि नै रोकिएपछि अब ग्यासको वितरण फेरि कहिले सुरु हुन्छ भन्ने अनिश्चित भएको हो ।
डिपोहरुबाट ग्यास वितरण रोकिएको एक हप्ता हुन लागेको छ । जसका कारण ग्यास डिपोहरुमा उपभोक्ताको लाइन दिनहुँ बढ्दैछ ।

वंश विनाश गर्ने भन्दै चार सन्तानको हत्या

१४ मंसिर, मुगु । आमाबाबुको माया आफ्ना सन्तानमाथि कति हुन्छ त्यो भनिराख्नुपर्दैन । तर, मुगुमा भने यसको ठीक विपरीत निर्दयी बाबु फेला परेका छन्, जसले वंश विनाश हुने गरी आफ्ना चार सन्तानको हत्या गरेका छन् ।
वनमा पाइने फल खान आउ भनेर बोलाई हयाङ्लु ६ रिगा गाउँका नरबहादुर रोकायाले जंगलमा दुई छोरा र दुई छोरीको हत्या गरेको  छ ।हत्यालगत्तै उनले गत ९ मंसिरमा छोराछोरी हराएको भन्दै सुकाढिक प्रहरी चौकीमा जाहेरीसमेत दिएका थिए । आफ्नी श्रीमती घाँस काट्न गएको र आफूले गाउँको भतेर खान गएको बेला आफ्ना चार बालबालिका हराएको भनी उनले प्रहरीलाई खबर गरेका हुन् ।

नरेन्द्र मोदीले फेरि किन बोलाए कमल थापालाई नयाँदिल्ली ?

President Obama Meets With Prime Minister Narendra Modi Of India At The White House

काठमाडौं, १४ मंसिर । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा दुईदिने भारत भ्रमणका लागि आज नयाँदिल्ली जान लाग्नु भएको छ ।
परराष्ट्रमन्त्री थापा नयाँदिल्ली हुँदै बैंग्लोरमा एउटा आध्यात्मिक कार्यक्रममा सहभागी हुने र मंगलबार दिल्ली फर्केर उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
यसअघि कात्तिक १ गते थापाले भारत भ्रमण गर्नुभएको थियो । उहाँले कात्तिक २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो ।
त्यसक्रममा मन्त्री थापाले सिमानामा भएको आपूर्ति अवरोध खुलाउन आग्रह गर्नुभएको थियो । भारतले आफूसँग गरेको वचनबद्धता पूरा नगरेको भन्दै आउनुभएका उपप्रधानमन्त्री थापाले समकक्षी सुष्मा स्वराजसँग पुनः त्यही आग्रह गर्ने स्रोतले जनाएको छ ।

राजधानीमा एकाबिहानै भूकम्पका ठूलो धक्का, सर्वसाधारणको भागाभाग

Ktm-Ma-Bhukampa
काठमाडौं, १४ मंसिर । काठमाडौंको सुन्ताखान केन्द्रबिन्दु बनाइ आज (सोमबार) बिहानै भूकम्पको पराकम्पन गएको छ ।
बिहान ६ बजेर १० मिनटको समयमा ४ दशमलव १ म्याग्नेच्युको भूकम्पको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सुन्धाराको पाहुँना घरमा गोली हानाहान

 
प्रहरीका भगौडासहित २ हतियारधारी पक्राउ 

काठमाडौं : सुन्धाराको लुम्बिनी पाँहुना घरमा हिजाे बिहान गोली चलेको छ। पाहुना घरमा बसेका २ जना हतियारधारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो 
प्रहरीले पाहुना घरबाट २ थान पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रौतहटका छोटेलाल ठाकुर र राजकुमार पटेल रहेका छन्।

सशस्त्र प्रहरीले पहिलोपटक भारतीय सुरक्षाकर्मी पक्राउ गरेपछि भारतमा हंगामा

भारतीय मिडियाले गरे नेपालको प्रशंसा

Apfकाठमाडौं, १४ मंसिर । हतियारसहित नेपाल प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई पहिलोपटक नेपालले पक्राउ गरेपछि भारतमा हंगामा मच्चिएको छ ।
चारैतिर खुल्ला सीमा भएको मौका पारी बेला बेला नेपाल छिर्ने भारतीय सशस्त्र सीमा बल(एसएसबी) आइतबार विहान भने गाउँलेले घेरा हालेर सशस्त्र प्रहरीको जिम्मा लगाएका थिए ।
झापा जिल्लामा पर्ने नेपाल–भारतको केचना नाकाबाट हतियारसहित नेपाल प्रवेश गरेका १३ जना एसएसबीका जवानलाई पक्राउ गरेपछि काठमाडौंस्थित भारतीय राजदूतवासदेखि दिल्लीस्थित गृहमन्त्रालय सम्ममा हंगामा मच्चिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बर्दियामा भेटियो बेवारिशे बम

Bardiya-Gulariya
१३ मंसिर, गुलरिया । बर्दिया सदरमुकाम गुलरिया नगरपालिका ७ तुलापुरमा बेवारिसे बम फेला परेको छ । जनप्रियटोलका एक बालकले घर नजिकैको बाँसको झ्याङमा बम भेटाएका हुन् ।
उनले खेलौना भन्ठानेर खेलाउँदै घर नजिकै ल्याएको बमलाई स्थानीय धनबहादुर खड्काले बम भएको पहिचान गरी प्रहरी र सन्चारकर्मीलाई खबर दिएका थिए । धनबहादुर भारतीय पूर्व सैनिक भएकाले तुरुन्तै बम भनि पहिचान भएकाले कुनै दुर्घटना हुन नपाएको स्थानीयले बताए ।

एउटै खाल्डोमा भेटिए चार दिदीभाइ

२०७२ मङ्शिर १३ आईतवार

मुगु : जिल्लाको पश्चिम खत्याड भेगको ह्याँग्लु गाविसको एकै घरबाट पाँच दिनअघि हराएका चार बालबालिकाको शव गाडिएको अवस्थामा भेटिएको छ।  चारैजनाको शव एकै ठाउँमा गाडिएको अवस्थामा गाँउदेखि १ सय मिटर तल बारीमा फेला परेको हो । 
 
मंसिर ९ गते देखि चारजना बालबालिका हराएको भन्दै बुवाले सुकाढिक प्रहरी चौकीमा जाहेरी दिएका थिए । तर आइतबार विहान ह्याँग्लु गाविस–६ रिगा गाउँमा जमिनमा खाल्डो खनेर पुरिएको अवस्थामा चारजना बालबालिका भेटिएका हुन् ।