धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

म्यानचेष्टर सिटी युभेटन्ससँग पराजित, दुबै टीम नकआउट चरणमा

Juventus-Vs-Man-City
१० मंसिर, काठमाडौं । म्यानचेष्टर सिटीलाई पराजित गर्दै युभेन्टस च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । हारका बाबजुत सिटी पनि अन्तिम १६ मा पुगेको छ ।
बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्टसले म्यानचेष्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसले १८ औं मिनेटमा मारियो मान्जुकिजको गोलबाट अग्रता लिएको थियो ।

एसएसबीको गोली लागेर घाइते भएका सरोज यादवले भने ‘वो किधर गया ?’ भन्दै नेपालीमाथि गोली हानियो


सुनसरी–बिहान ६ बजेको थियो होला । हामी आगनमा आगो ताप्दै थियौँ । आगो तापेको स्थान सुनसरीको भण्टावारी सिमा नाकादेखी ४०० मिटरको दुरीमा पर्छ । जुन नेपाली भुमि हो ।

प्रधानमन्त्री ओलीको भोजभतेर र खाजा नास्तामा १२ लाख खर्च

KP-oli-Pn-Nepal

काठमाडौं, १० मंसिर । भारतको नाकाबन्दी र मधेस आन्दोलनका कारण इन्धन अभावले गरिब जनताको चुलो बल्न छाडेका बेला प्रधानमन्त्री केपी ओलीले आफ्नो बालुवाटारस्थित निवासमा भोजभतेर र खाजानास्तामा मात्र लाखौं फजुल खर्च गरेको खुलासा भएको छ ।
उनले कात्तिक महिनामा मात्र भोजभतेर र खाजा नास्तामा १२ लाख ६१ हजार १ सय ८९ रुपैयाँ खर्च गरेको कान्तिपुर दैनिकले छापेको छ ।

भाजपाका सांसदले भने- नेपालका १५ जिल्ला खोसेरै भारतमा गाभ्नुपर्छ

kirti azad९ मंसिर, काठमाडौं । भारतीय जनता पार्टीका सांसद एवं पूर्व क्रिकेटर कीर्ति आजादले नेपालको तराइ भेगका १५ वटा जिल्ला भारतको भएको दावी गरेका छन् ।
तराइका १५ जिल्लालार्इ भारतमा गाभ्नुपर्ने भन्दै उनले कुटनीतिक माध्यमबाट नेपालले नमाने बल प्रयोग गरेर खोसेरै लिनुपर्ने समेत बताएका छन् ।भारतको दरभंगामा भएको एक कार्यक्रममा भाजपाका सांसद आजादले मधेसका १५ जिल्ला अंग्रेजले नेपाललाई दिएको दावी गरे । उनले भने, त्यो सबै हिन्दुस्तानको भूभाग थियो । तर, कसैले न त्यसबेला आवाज उठाए, न अहिले फिर्ता लिन पहल गरेका छन् ।’भाजपा सांसद आजादले अब त्यसका लागि लड्ने बताएको भारतीय पत्रिका जागरणले जनाएको छ । १५ जिल्ला फिर्ता लिन संसदमा आवाज उठाउने भदै उनले भने, नेपाल यसका लागि तयार भएन भने खासेर लिनुपर्छ ।’

भारतीय एसएसबीले नेपालीमाथि किन गोली हान्यो ? चार नेपाली गम्भीर घाइते

ssb1

धनगढी, ९ मंसिर । सुनसरी जिल्लाको भान्टाबारीमा भारतीय सीमा सुरक्षाबल एसएसबीले आज बिहान साढे छ बजे गोली चलाउँदा चार नेपाली घाइते भएका छन् ।
एसएसबीको गोली प्रहारबाट गम्भीर भएका चार नेपालीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भइरहेको सुसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले जानकारी दिनुभयो ।
भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली प्रहारबाट सुनसरी जिल्ला निवासी अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव गम्भीर घाइते भएका हुन् ।

इन्धन बोकेको भन्दै तीन मोटरसाइकलमा आगजनी

फाइल तस्वीर८ मंसिर, जनपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले धनुषाको पुर्व पश्चिम राजमार्ग अन्र्तगत ढल्केवरमा तीन वटा मोटरसाईकलमा आगजनी गरेका छन । मोर्चाका कार्यकर्ताहरुले राति १ बजे समयमा मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

रिमोट चलाएर उपभोक्ता ठग्ने १७ पेट्रोल पम्प सिलबन्दी सात सञ्चालक नियन्त्रणमा, बैंकिङ कारोबार र सेटिङको अनुसन्धान सुरु

८ मंसिर, उपभोक्ता ठगी गर्ने यन्त्र जोडेर रिमोट सिस्टममार्फत् ठगी गर्दै आएका राजधानीका १७ वटा पेट्रोल पम्पलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा हनुमानढोकाले बन्द गरेको छ ।
महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल नेतृत्वको टोलीले आइतबार रातभर पेट्रोल पम्पमा छामा मारेर पम्पहरु सिलबन्दी गरेको हो । प्रहरीले ७ वटा पेट्रोल पम्पबाट ७ जना सञ्चालक र ६ प्राविधिक गरी १३ जना तथा रिमोट र जडित यन्त्र नियन्त्रणमा लिएको एसएसपी खनालले अनलाइनखबरलाई जानकारी दिए ।
आइतबार राती १६ वटा र सोमबार दिउसो चाबहिलको बागेश्वरीस्थित पुष्पाञ्जली पेट्रोल पम्प सिल गरेको हो । प्रहरीले आइतबार क्रिष्टल पेट्रोल पम्प, महालक्ष्मी पेट्रोल पम्प, बालकुमारी, गायत्री देबी र प्रशान्त आयल स्टोर एकान्तकुना लगायतका १६ वटा पेट्रोल पम्पमा सिल गरेको थियो ।

ग्यासको कालोबजारी रोक्न यसरी भयो सुरुवात

Nepal Police Gass

धनगढी ८ मंसिर । उपभोग्य वस्तुमा खुलेआम कालोबजारी भएको भन्दै तत्काल नियन्त्रण गर्न प्रशासनसमक्ष मोरङका राजनीतिक दलहरुले आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार भएको सर्वदलीय छलफल कार्यक्रममा राजनीतिक दलका नेताहरुले खुलेआम कालोबजारी हुँदा पनि अनुगमन हुन नसकेको भन्दै आपत्ति जनाएका छन् ।
एमाले मोरङका अध्यक्ष महेश रेग्मीले ग्यासमा कालोबजारी भएकाले नियन्त्रण गर्न माग गर्नुभएको छ । आधा सिलिन्डर वितरण गर्ने गरिएको ग्यासमा व्यापक कालोबजारी हुने गरेको रेग्मीले दाबी गर्नुभयो ।

कामबिहीन मजदुर इन्धन तस्करीतिर

८ मंसिर, विराटनगर । विराटनगर सात मा डेरा गरी बस्ने गंगाराम राईको आम्दानी ठप्प भएको तीन महिना कट्यो । भोजपुर घर भएका राई मोरङ-सुनसरी औद्योगिक क्षेत्रमा सञ्चालित एक उद्योगमा काम गर्छन । उद्योगबाट प्राप्त तलबले आफूसहित चार जनाको परिवार पाल्नुपर्ने जिम्मेवारी उनको काँधमा छ । यही अवस्थाले उनलाई इन्धन तस्करीतर्फ आकषिर्त गरिदिएको छ । उनले सीमावर्ती भारतका विभिन्न बजार पुगेर पेट्रोल र डिजेल ल्याउने गरेका छन् ।
‘बाच्नका लागि केही उपाय त लगाउनै पर्‍यो, एक सातादेखि इन्धनको तस्करीमा संलग्न राई भन्छन्-‘पारिबाट ल्याएको इन्धनमा प्रतिलिटर ५०/६० रुपैयाँ नाफा खाएर बेच्दा के बिगि्रन्छ ?’ राईले व्यक्तिलाई सम्पर्क गरेर घरमै पनि इन्धन पुर्‍याउने गरेको कारोबारमा खबर छ ।

झापा, मोरङ र सुनसरीलाई नटुक्र्याउन माग गर्दै विर्तामोडमा प्रदर्शन

७ मंसिर, झापा 
 झापा, मोरङ र सुनसरीलाई प्रदेश नं. १ बाट टुक्र्याउन नहुने भन्दै झापाको बिर्तामोड र्‍याली निकालिएको छ । नागरिक समाज झापाको अगुवाइमा र्‍याली निकालिएको हो ।
सोमबार मध्यान्ह १२ बजेदेखि शुरु भएको र्‍यालीमा सहभागीहरुले नेपालका भण्डा बोकेका छन् । र्‍यालीमा सहभागीहरुले झापा, मोरङ र सुनसरीलाई टुक्र्याउनु पाइँदैन, जनताको एकता जिन्दवाद, हिमाल, पहाड, तराइ कोही छैन पराइ लगायतका नारा लगाए ।
नागरिक समाजका प्रतिनिधिको आइतबार बसको बैठकले सोमबार दिउँसो १२ बजे वृहत र्‍याली र खबरदारी सभा गर्ने निर्णय गरेको थियो । र्‍याली निकाल्नका लागि यज्ञप्रताप अधिकारीको संयोजकत्वमा समिति नै गठन गरिएको थियो ।
नागरिक समाजको आन्दोलनमा जिल्लाका प्रमुख राजीतिक दलहरुले समेत समर्थन जनाएका छन् । उनीहरुले पनि प्रदेश नं. १ बाट झापा, मोरङ र सुनसरीलाई टुक्र्याउन नहुने अडानमा लिएका हुन् ।
आइतबार प्रमुख दलले पत्रकार सम्मेलन गरी राष्ट्रियताको विषयसँग जोडिएका आन्दोलन भएकाले सबैलाई सहभागी हुन आग्रह गरेका थिए ।
गौरव पोखरेलको सहयोगमा

चीनले अाफ्नै बुलेटमा केरुङबाट खानीखोलासम्म ग्यास ल्याइदिने

चीनले केरूङबाट धादिङको खानीखोलासम्म ग्यास ल्याइदिने भएको छ। आफ्नै ग्यास बोक्ने बुलेटमा खानीखोलासम्म ग्यास ल्याइदिन चीन तयार भएको नेपाल आयल निगमले जनाएको छ। नेपाल सरकारले पनि ग्यास खानीखोलासम्म ल्याइदिन चीनसँग प्रस्तावमा गरेको थियो।
केरुङभन्दा ५ किलोमिटर टाढा ग्यास डिपो रहेको र त्यहाँबाट चीनकै गाडीमा खानीखोलासम्म ग्यास ल्याउन लागिएको नेपाल आयल निगमका एक कर्मचारीले

ढुवानीमा समस्याका कारण अछाममा नुन अभाव

nepal_newsaayo-noonभीमदत्तनगर – सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा नुनको अभाव हुन थालेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, अछामका अनुसार ढुवानीमा समस्याले एक हप्तादेखि बजारमा पनि नुनको अभाव सिर्जना भएको छ साल्ट ट्रेडिङ कार्यालयमा मौज्दात रहेको सहुलियतमा वितरण हुने नुन पनि बन्द गरिएको छ । जसका कारण अयोडिनयुक्त नुन लिन सदरमुकाम मङ्गलसेन आएका सर्वसाधारण रित्तै हात फर्किएका छन् ।साल्ट ट्रेडिङका अनुसार तत्काल नुन ल्याउन नसकिने भएकाले जिल्लाभर नुनको अभाव हुने सङ्केत देखिएको छ । हप्तामा दुई दिन आइतबार र मङ्गलबार सहुलियत दरमा नुन वितरण गर्दै आएको कर्पोरेसनले गोदाममा नुन सकिएपछि आफ्ना सबै सेवा बन्द गरेको छ । अछाममा सदरमुकाम मङ्गलसेन,

सप्तरीमा बिहानैदेखि तनाव, प्रहरी चौकी जलाइयो

Saptari_district_location
सप्तरी – सप्तरी जिल्लाको विभिन्न स्थानमा प्रहरीले चलाएको गोलीबाट तीनजनाको मृत्यु भएको आक्रोशमा मधेसी मोर्चाका प्रदर्शनकारीहरुले आज बिहान एक प्रहरी चौकीमा आगजनी गरेका छन् ।सप्तरी प्रशासनले सदरमुकाम राजविराज तथा पूर्वपश्चिम राजमार्गको कोसी ब्यारेजदेखि पश्चिमको बलान खोलासम्म अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ ।
जिल्लाको कोलाडी बसाइन– १ मा रहेको प्रहरी चौकीमा प्रदर्शनकारीहरुले आगजनी गरेको राष्ट्रिय