अाजबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डि्रम्स’को बुकिङ मल्टिप्लेक्समा आक्रामक देखिएको छ । भूवन केसी निर्देशित यो चलचित्रलाई मल्टिप्लेक्स हलहरुले उच्च शो दिएका छन् ।
क्यूएफएक्सले कुमारी, जय नेपाल र सीभील गरेर १४ वटा शो चलचित्रले पाएको छ । जसमध्ये बिहानीको शोको वुकिङ अहिलेसम्म औषत रहेपनि १२ बजेपछि आक्रामक बुकिङ भएको क्यूएफएक्स कुमारी र जय नेपालका म्यानेजर विनोद पौडेलले जानकारी दिए ।
फेसबुक संस्थापक जुकरबर्ग बने विश्वकै छैटौँ धनी व्यक्ति, यी हुन् टपटेन अर्बपति
फेसबुकका सिइओ तथा संस्थापक मार्क जुकरबर्ग विश्वका सबैभन्दा धनी व्यक्तिहरुको सूचिमा छैटौँ स्थानमा उक्लिएका छन् । ४४ अर्ब ६० करोड डलर सम्पत्ति सहित जुकरबर्ग विश्वका छैटौँ धनी व्यक्ति बन्न सफल भएका हुन् ।
फोब्र्स म्यागेजिनले हालै सार्वजनिक गरेको सन् २०१६ का विश्वका अर्वपतिहरुको सूचिमा ३१ वर्षका जुकरबर्गले पहिलोपल्ट आफुलाई विश्वका टपटेन अर्बपतिको सूचिभित्र पारेका हुन् । गत वर्ष १६ औँ स्थानमा रहेका जुकरबर्गले १० स्थान फड्को मारेका हुन् ।
पछिल्लो एक वर्षमा उनको सम्पत्ति ११ अर्ब २० करोड डलरले बढेको छ । विश्वका टपटेन धनाढ्यमा उनी सबैभन्दा कान्छा हुन् । टपटेनमा परेका दोश्रो कम उमेरका अर्बपती अमेजनका संस्थापक जेफ बेथाुसको उमेर ५१ वर्ष छ र उनी जुकरबर्ग भन्दा एक स्थान माथि अर्थात् पाचौँ स्थानमा रहेका छन् ।
यो सँगै जुकरबर्ग अमेरिकाको चौथो धनी व्यक्ति बनेका छन् । अमेरिकामा ४० वर्षभन्दा कम उमेरका अर्बपतिहरुमा भने उनी एक नम्बरमै उक्लिएका छन् ।
स्मरण रहोस् जुकरबर्ग विश्वका शक्तिशाली व्यत्तिहरुको सूचिमा १९ औँ नम्बरमा रहेका छन् । केही महिनाअघि पुत्रीलाभ गरेका जुकरबर्ग दम्पतिले छोरी जन्मेको उपलक्ष्यमा आफ्नो नाममा रहेको फेसबुकको शेयरमध्ये ९९ प्रतिशत कल्याणकारी कार्यमा दान गर्ने घोषणा गरिसकेका छन् ।
को को विश्वका टपटेन अर्वपतिको सूचिमा ?
१. बिल गेट्स : सम्पत्ति ७५ अर्ब डलर, अमेरिका
२. एमान्सियो ओर्टेगा : सम्पत्ति ६७ अर्ब डलर, स्पेन
३. वारेन बफेट : सम्पत्ति ६०.८ अर्ब डलर, अमेरिका
४. कार्लोस स्लिम हेलु : सम्पत्ति ५० अर्ब, मेक्सिको
५. जेफ बेजोस : सम्पत्ति ४५.२ अर्ब, अमेरिका
६. मार्क जुकरबर्ग : सम्पत्ति ४४.६ अर्ब, अमेरिका
७. ल्यारी इलिसन : सम्पत्ति ४३.६ अर्ब, अमेरिका
८. माइकल ब्लुम्बर्ग : सम्पत्ति ४० अर्ब, अमेरिका
९. चाल्र्स कोच : सम्पत्ति ३९.६ अर्ब, अमेरिका
१०. डेभिड कोच : स्रम्पत्ति ३९.६ अर्ब, अमेरिका
गुगलका १४ अनौठा सुविधा जुन तपाइँलाई थाहा नहुनसक्छ
इन्टरनेट बादशाहका रुपमा स्थापित गुगल केवल सर्च इन्जिनमात्र हैन । गुगलसँग यस्ता रोचक र चाखलाग्दा पुरक सुविधाहरु छन जसबारे तपाइँलाई अहिलेसम्म थाहा नहुनसक्छ ।
गुगललाई तपाइँले टाइमरका रुपमा, बिभिन्न हिसावकिताव राख्न, उल्था गर्न, ठूला जर्नल तथा पेन्टिङ सर्च गर्न पनि प्रयोग गर्न सक्नुहुन्छ । प्रयोगकर्तालाई सित्तैमा उपलब्ध गराइएका यस्तो केही सुपर कुल फिचरहरुबारे आज हामी यहाँ जानकारी दिँदै छौं ।
१. केही कुरा सम्झिन वा तुरुन्त नोट गर्न तपाइँले मोबाइल तथा डेस्कटपमा बिभिन्न नोट एपहरु प्रयोग गर्नुभएको होला । तर, गुगलले ल्याएको ‘गुगल किप’ एप यति गजबको छ कि तपाइँले सवै नोट एपलाई बिर्सनुहुने छ । डेक्सटप र मोवाइलका लागि उपयुक्त यो एपमा तपाइँले आफ्ना कामहरुबारे सुन्दर ढंगले क्रमबद्ध राख्न सक्नुहुन्छ ।
यसका साथै रिमाइन्ड गराउन, नोटको कलर चेन्ज गर्न र नोट आफ्ना साथीलाई सेयर गर्न पनि यो निकै उपयोगी छ ।
हेर्नुहोस् भिडियो
विश्व तेक्वान्दो हान्मादाङ्गमा नेपाल टिम च्याम्पियन
१७ फागुन, पोखरा । पोखरामा आयोजित विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा नेपाल च्याम्पियन भएको छ ।
फागुन १५ गतेदेखि पोखरा रंगशालामा भएको प्रतियोगितामा १४ स्वर्ण, २० रजत र ३७ काश्य जितेर नेपाल च्याम्पियन भएको हो ।
कोरिया बाहिर पहिलोपटक नेपालमा आयोजना गरिएको प्रतियोगितामा ७ स्वर्ण जितेको भारत दोश्रो भयो । भारतले ७ रजत र ८ काश्य जित्यो । त्यस्तै, ३ स्वर्ण, १ रजत र १ काश्य जितेको मलेसिया तेस्रो भयो भने बंगलादेश ३ स्वर्ण र २ काश्य जित्दै चौथो भयो । यसैगरी २ काश्य मात्रै जितेको भुटान पदक तालिकाको अन्तिममा रहृयो ।
विश्व तेक्वान्दो हान्मादाङ्ग कोरियाको सहयोग तथा नेपाल तेक्वान्दो संघ र कास्की तेक्वान्दो संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, मलेसिया र भुटान सहभागी थिए ।
२८ स्वर्ण, त्यत्तिनै रजत र ५० काश्यका लागि भएको प्रतियोगितामा कुल ७ सय ५० प्रतियोगीबीच प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा ६ सय नेपाली खेलाडीको सहभागिता थियो ।
हरेक वर्ष कोरियामा हुँदै आएको यो प्रतियोगिता कोरिया बाहिर पहिलोपटक आयोजना भएको हो । भुकम्प पुर्ननिर्माणमा सघाउ पुर्याउने उद्देश्यले प्रतियोगिता नेपालमा आयोजना गरिएको हो ।
Subscribe to:
Posts (Atom)