धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

पुरुषहरुका लागि खुसीको कुरा !! अव सेक्स गर्न कन्डोम लगाउन नपर्ने


पुरुषहरुका लागि खुसीको कुरा !! अव सेक्स गर्न कन्डोम लगाउन नपर्ने
महिलाले प्रयोग गर्ने गर्भ निरोधक औषधीकोबारेमा त सुनिएको थियो । तर अव भने पुरुषले समेत अनैच्छिक गर्भ रोक्न कण्डोमको विकल्प खोज्न सक्ने भएका छन् । अव पुरुषले प्रयोग गर्न सक्ने गर्भ निरोधक गोली बजारमा उपलब्ध हुने भएको छ ।
पुरुषले प्रयोग गर्न सक्ने गोली उत्पादन गर्न बैज्ञानिकहरु सफल भएका छन् ।

सिआईडी बनेर १० लाख लुट्ने चारजना पक्राउ

२०७२ कार्तिक १९
फोटो :लुटमा संलग्नलार्इ सार्वजनिक गर्दै प्रहरी । तस्बिर : शिबराज भट्ट

धनगढी : आफुहरु सिआईडी प्रहरी भएको भन्दै सोमबार धनगढीमा १० लाख लुटपाट गर्ने गिरोकका ६ जनामध्ये चारजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले लुटिएको रकमसहित पक्राउ गरी सार्वजनिक गरेको छ ।

कातिक १६ गते राति धनगढीको ट्राफिक चोकस्थित ब्लु स्टार होटलमा बास बसेका बझाङको जयपृथ्बीबहादुर सिह नगरपालिका–५ का हरिश जैशीबाट सो समुहले १० लाख रकम लुटपाट गरेको थियो ।

लुटपाटका मुख्य योजनाकार सहित रहेका कञ्चनपुरको बेलडाँडी–८ का माधव जैशी, बझाङको जयपृथ्बी बहादुर सिंह नगरपालिका–५ का अमन भनिने लोकेश थापा, बझाङको चैनपुर–१ का जनक थापा र धनगढी उपमहानगरपालिका–१ का रमेश साउदलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

थाहा पाइ राखाै ७५ वटै जिल्लाका प्रहरी कार्यलयहरूको ड्युटि अफिसर हरूको फोन र मोवाइल नम्बर

कुनै समस्या परेमा चुपलागेर बस्नु भन्दा समयमा नै सम्बन्धित निकायमा खवर गरे चाडैसामधान हुन सक्छ थाहा पाइ राखाै ७५ वटै जिल्लाका प्रहरी कार्यलयहरूको ड्युटि अफिसर हरूको फोन र मोवाइल नम्बर
जिल्ला कार्यलय मोवाइल नम्बर
तेह्रथुम 026-460100 9852060199 9852095555 9851059655
धनकुटा 026-520100 026-520698 9852035555 9851127948
संखुवासभा 029-560100 9852090181 98520755555 9851281334
भोजपुर 029-420199 9852090148 9852015555 9851281301
सुनसरी 025-560100 9852090127 9852085555 9851280212
मोरङ्ग 021-530358 9852026750 9852005555 9851052263
झापा 023-456100 9852671555 9852615555 9851280424
इलाम 027-520100 9852690030 9852605555 9851131978
पाँचथर 024-520100 9852681122 9852625555 9852690001
ताप्लेजुङ्ग 024-460199 9852690052 9852635555 9851091116

सीमा नाका झुलाघाटबाट लागुऔषधसहित एक पक्राउ

Hatkadi Pakrau

बैतडी, १९ कात्तिक । प्रहरीले बैतडीको सीमा नाका झुलाघाटबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
झुलाघाटको झोलुङ्गेपुलमा गस्तीमा खटिएको प्रहरीले जाँचका क्रममा बझाङ देउलीकोटका प्रेम बोहरालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक धर्मानन्द भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो – “बैतडीबाट भारतको पिथौरागढ लैजाने क्रममा बोहराले लुकाइछिपाई राखेको अवस्थामा सीमा नाकाबाट अन्दाजी २०५ ग्राम चरेससहित पक्राउ गरिएको हो ।”
पक्राउ परेका बोहरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 

एमबिबिएसका नक्कली परीक्षार्थी पक्राउ

बुधबार १८ कार्तिक, २०७२

महेन्द्रनगर (धनुषा)— धनुषामा एमबिबिएसको पुरक परीक्षामा परीक्षा दिइरहेका एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाको रमदैया जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा चलिरहेको परीक्षामा भाइको ठाउँमा परीक्षा दिइरहेका नक्कली परीक्षार्थी भारत मधुवनीका २५ वर्षका मोहम्मद अफताव आलम आज पक्राउ परेको प्रहरीले जनाएको छ ।

इन्डोनेसियामा शक्तिशाली भूकम्प

बुधबार १८ कार्तिक, २०७२
एजेन्सी
जकार्ता— इन्डोनेसियामा शक्तिशाली भूकम्पको धक्का अनुभव गरिएको छ। पूर्वी इन्डोनेसियामा गएको भूकम्पबाट घर तथा व्यापारिक भवनहरु ढलेका छन्। अलोर टापुको २८ किलोमिटर उत्तर–पश्चिम केन्द्रविन्दू भएर गएको भूकम्प ६.३ म्याग्निच्युडको भएको रोयटर्सले जनाएको छ।
युएस जियोलोजिकल सर्भेले सुरुमा यसलाई ६.८

रसुवाको राम्चे भीरबाट बस खस्यो, ३५ को मृत्यु

१७ कात्तिक, । रसुवाको ग्राङमा मंगलबार दिउँसो भएको बस दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ । घटनास्थलमा २९ जनाको मृत्यु भएको थियो । बाँकीको रसुवा र नुवाकोट जिल्ला अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।
मृतकमध्ये धैबुङ गाविस सचिव टिकबहादुर शाही, बाराको गढीमाई नगरपालिका ७ की दीपा चिमौरिया र रसुवाको गोल्जुङ गाविस ५ की तीन वर्षीया बालिका मिराटासी घलेको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

मात्र दुईवटा पिल्लरमा समुन्द्रमा बनेको संसारकै सानो र अचम्मैको देश

संसारमा यस्तो पनि देश छ, जुन मात्रै दुईवटा पिल्लरमा अडिएर बनेको छ । बेलायतबाट करिब १० किलोमिटर मात्रै टाढा रहेको यो देशको जनसंख्या २७ मात्रै रहेको छ ।
बेलायतको सफोल्क समुद्री तटबाट नजिकै रहेको सील्याण्ड नामक यो देश खण्डहर भएको पुरानो किल्लामा अवस्थित छ । यस किल्लालाई दोस्रो विश्व युद्धको समय ब्रिटिस सरकारले निर्माण गरेको थियो

दलित भन्दै डेरावालाई निकाल्ने घरधनी पक्राउ

इटहरी - नेपाल जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा भएको एक दशक बितिसक्दा पनि नेपाली समाजमा जरो गाडीएको छुवाछुत प्रथाको अन्त्य हुन सकेको छैन ।

ग्रामिण भेगमा जनचेतनाको कमी तथा अशिक्षाको कारण यो प्रथा हटन सकेका छैन भने बिकाशोन्मुख सहरहरुमा समेत यस्तो प्रथा अझैं कायम रहेको

अब सभापतिमा लोभ नगर्न कोइरालालाई आग्रह

 १८ कार्तिक-कांग्रेस सभापति सुशील कोइरालालाई आगामी महाधिवेशनबाट सभापति बन्ने चाहना नराख्न पार्टी सदस्यहरूले आग्रह गरेका छन् । केन्द्रीय समितिको जारी बैठकमा सदस्यहरूले प्रधानमन्त्रीमा उम्मेदवारी दिनु नेतृत्वको कमजोरी भएको आरोपसमेत लगाएका छन् ।

शोएब मलिकले टेष्टबाट सन्यास लिए

Shoaib-Malik
१८ कात्तिक, । पाकिस्तानका अलराउण्डर एवं पूर्व कप्तान शोएब मलिकले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
इंग्ल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम टेष्टको दोस्रो पारीमा शून्यमै आउट भएपछि उनले सन्यासको घोषणा गरेका हुन् ।

तेल हाल्न निजी सवारीलाई टोकन अनिवार्य, नभए पेट्रोल पाइन्न


१७ कात्तिक, । बिहीबारबाट वितरण गरिने तेल पाउन लाइनमा निजी सवारी धनीले सवारी साधन मात्र राखेर नहुने भएको छ । सम्वन्धित पम्पबाट टोकन समेत लिनु पर्ने भएको छ ।
अघिल्लोपटक धेरै उपभोक्ताले लाइनमा बसेर पनि पेट्रोल नपाएको गुनासो आएपछि नेपाल आयल निगमले यसपटक अनिवार्य रुपमा टोकन बाँड्न पम्पहरुलाई निर्देशन दिएको छ ।
लट अनुसार सम्बन्धित सवारी धनीले पेट्रोलपम्पमा बिहीबार बिहानै कुपन लिनुपर्नेछ । कुपन बाँड्ने समय नतोकिएपनि पम्पले अाफुलार्इ पायक पर्नेगरी कुपन बाँड्नेछन् ।

टोकन नलिएकाहरुले तेल पाउने छैनन् । ‘सबै पम्पमा एकै परिमाणमा तेल वितरण हुँदैन । त्यसैले पम्पले आफूले पाउने पेट्रोलको परिमाणअनुसार चिट वा कुपन बाँड्ने छन्’

मधेसी मोर्चाका नेतामाथि भारतीयद्वारा हातपात

 १८ कार्तिक- रक्सौल नाकास्थित मितेरी पुलमा धर्ना बसेर नाकाबन्दी गरिरहेका मधेसी दलका नेता कार्यकर्तालाई मंगलबार साँझ भारतीय नागरिकले हातपात गरेका छन् । ३०–४० जनाको संख्यामा रहेका भारतीयले धर्नास्थल मितेरी पुलमै गएर मोर्चाका नेताकार्यकर्तालाई गालीगलौज गर्दै हातपात गरेका हुन् ।

७४ दिनदेखि घैंटेको शव अस्पतालमा

काठमाडौ १८ कार्तिक-प्रहरीसँगको मुठभेडमा मारिएका थुन्डानाइके कुमार घैंटेको शव ७४ दिनदेखि अस्पतालमा छ ।घटनाको छानबिन हुनुपर्ने भन्दै आफन्तले शव बुझेका छैनन् ।

एमाओवादीका पाँच नेता हटाइए, देवेन्द्र र हिसिलालाई स्पष्टीकरण बाबुराम समूहसँग प्रचण्ड पक्ष नझुक्ने


          एकीकृत नेकपा माओवादीको स्थायी कमिटी बैठकले पूर्व नेता डा. बाबुराम भट्टराई पक्षमा लागेका पाँच नेतालाई पार्टीबाट निस्कासन गरेको छ । साथै देवेन्द्र पौडेल र हिसिला यमी लगायतका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
Ramchanda-Mahendra-Ramrijha-Mahendraपौडेलको नेतृत्वमा भट्टराई समर्थक ४५ केन्द्रीय नेताले पार्टीमा असहमति दर्ता गर्दै नयाँ शक्ति निर्माणमा लागेको घोषणा गरेपछि बुधबार बिहान एमाओवादी स्थायी समिति बैठक बसेको थियो ।

एमाओबादी फेरी बिभाजन, देबेन्द्र पौडेल सहित ५ दर्जन नेताहरुले पार्टी परित्याग गर्दै

१७ कार्तिक - एकिकृत नेकपा माओवादी फेरी बिभाजन भएको छ । पार्टीका महत्वपुर्ण नेताहरु, केन्द्रीय सदस्य,पोलिट ब्यूरो सदस्य र सल्लाहकार समितिमा रहेका भण्डै ५ दर्जन नेताहरुले आज पार्टी परित्यागको घोषणा गर्ने तयारी गरेका छन । 

विश्वसामू चीनले फेरि देखायो शक्ति, घरमा बनायो पहिलो सुपरजेट (फोटो फिचरसहित) चिनियाँ राष्ट्रपति शीले दिए बधाई

 १७ कात्तिक । अमेरिकापछि विश्वकै शक्तिशाली राष्ट्र चीनले सोमबार आफ्नो शक्ति प्रदर्शन गरेको छ ।

The first C919 passenger jet made by the Commercial Aircraft Corp of China (Comac) is pulled out during a news conference next to a Chinese national flag at the company's factory in Shanghai, November 2, 2015. Comac rolled out China's first homemade 158-seated C919 narrow body jet, which is meant to rival similar models from Airbus Group and Boeing Co. State television also showed footage of the aircraft rolling off the assembly line in Comac's Shanghai factory. In a statement, the company said it had already received 517 orders for the aircraft mainly from domestic firms. REUTERS/China Daily CHINA OUT. NO COMMERCIAL OR EDITORIAL SALES IN CHINA - RTX1UBTBनेपालको असल छिमेकी भनेर चिनिँदै आएको चीनले अमेरिकासहित विश्वलाई टक्कर दिनेगरी आफ्नो शक्ति प्रदर्शन गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । चीनले प्रख्यात अमेरिकी विमान कम्पनी बोइंगलाई टक्कर दिनका लागि स्वदेशी उत्पादनमै पहिलो ठूलो यात्री विमान बनाएको छ ।

वीरगञ्जमा प्रहरीको गोली लागेर भारतीय नागरिकको मृत्यु, मधेस आन्दोनलमा भारतीय

Birjung १६ कात्तिक । 

पर्साको वीरगञ्जमा प्रहरीले गोली चलाउँदा भारतीय नागरिकको मृत्यु भएको छ

सोमबार दिउँसो प्रहरीसँग भएको झडपमा मृत्यु भएका भारतीय नागरिक २४ वर्षीय आशिषकुमार राम भारतको रक्सौल नयाँ रोड बस्दै आएको पर्सा प्रहरीले पुष्टि गरेको हो । झडपका क्रममा प्रहरीले चलाएको गोली टाउको लागेर उनको मृत्यु भएको हो । प्रहरीमाथि ढुंगामुढा गर्न उनी विहानै रक्सौलबाट वीरगञ्ज आएका थिए ।
गृह मन्त्रालयले पनि मृतक भारतीय नागरिक भएको पुष्टि गरेको छ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले मृतक भारतीय नागरिक रहेको र उनी रक्सौलबाट आएको सूचना प्राप्त भएको बताउनुभयो ।
यो घटनासँगै थुप्रै भारतीय नागरिकहरु मधेस आन्दोलनमा सहभागी भएको पुष्टि भएको छ । यहाँनेर मधेस आन्दोलन नेपाली जनताले गरेका हुन वा भारतीय जनताले भन्ने प्रश्न समेत उठेको छ ।
नेपाल–भारत सीमास्थित मितेरी पुलमा धर्नामा बस्दै आएका आन्दोलनकारीलाई सुरक्षाकर्मीले बल प्रयोग गरेर आज विहान हटाएपछि वीरगन्जको स्थिती तनावग्रस्त बनेको हो ।

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

 १६ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज नगरक्षेत्रका केही स्थानमा आज अपराह्न ३ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा(कर्फ्यू) जारी गरेको छ ।
birjung-Nakaजिल्ला सुरक्षा समितिको आज बसेको बैठकले नेपाल–भारत सीमा नाकास्थित शङ्कराचार्यद्वारदेखि इनर्वा, बाइपास, नया बसपार्क, पावरहाउस चोक, राधेमाई क्षेत्र, आदर्शनगर र छपकैया लगायतका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको प्रजिअ केशव घिमिरेले बताउनुभयो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र ३ (क) बमोजिम कर्फ्यू जारी गरिएको क्षेत्रमा एकै ठाउमा पाच वा सोभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन । निषेधाज्ञा उल्लङ्घन गर्ने प्रयास गरेमा सुरक्षाकर्मीले कानुनबमोजिम कारबाही गर्न र उक्त क्षेत्रमा कुनै किसिमको हिंसात्मक कार्य गर्नेमाथि गोलीसमेत हान्न सक्नेछ । 

के ८ कक्षा पास गर्दैमा मन्त्री हुने हैसियत हुंदैन ?

बहस खुब चलिरहेको छ- प्रधानमन्त्री १० कक्षा, सभामुक १० कक्षा, राष्ट्रपति पनि त्यस्तै त्यस्तै, अनि अब हुने अर्थमन्त्री त झन ८ कक्षा मात्र पास रे? के मन्त्री-प्रधानमन्त्री, राष्ट्रपति हुन पढेकै हुनुपर्ने? के वर्षौंको अनुभव, प्रयोग, परिक्षणको केही महत्व हुंदैन? प्राविधिक शिक्षा मात्र शिक्षा हो र ? तंपाईको विचार….
 हाम्रो कमेन्ट बक्समा कमेन्ट गर्नु होला |

म श्रीमान्भन्दा पाँच वर्ष जेठी छु । मलाई उहाँलाई भन्दा बढी यौन उत्तेजना हुन्छ

उत्तेजना कम गर्ने कुनै उपचार छ कि ?


 म श्रीमान्भन्दा पाँच वर्ष जेठी छु । मलाई उहाँलाई भन्दा बढी यौन उत्तेजना हुन्छ । उत्तेजना कम गर्ने कुनै उपचार छ कि ? जेठी भएर के फरक पर्ला ? तपाईंले आफू श्रीमान्भन्दा ५ वर्षको जेठी भएको कुरा उल्लेख गर्नुभएको छ, तर तपाईहरूको उमेरका सम्बन्धमा केही भन्नुभएको छैन । श्रीमान् १६ वर्ष र तपाई २१ वर्षको अथवा श्रीमान् २८ वर्ष र तपाईं ३३ वर्षको भएको स्थितिमा उमेरको फरकको अर्कै अर्थ हुन सक्छ । उमेरका कारणले हुने शारीरिक तथा मानसिक परिपक्वताको कुरा एकातिर हुन्छ भने अर्कातिर वृत्ति विकासको कुरा पनि जोडिएर आउँछ । बढी उमेरका महिलाको पेसागत स्तरमा श्रीमान्को भन्दा निकै फरक छ भने त्यसको पनि असर पर्न सक्छ, तर आपसी समझदारी छ भने वयस्क उमेरमा यसरी श्रीमती बढी उमेरको हुँदा पनि सुखी यौनजीवन बिताउन सकिन्छ ।