धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

विश्वमै दुर्लभ गिद्ध भेटियो


giddha

जाजरकोट, १८ पुस । विश्वमै दुर्लभ गिद्ध सुर्खेतमा भेटिएको छ ।
जिल्ला वन कार्यालय सुर्खेतले लोपोन्मुख अवस्थामा रहेको डङ्गुर (हिमालयन ग्रिसन) जातको गिद्ध बिरामी अवस्थामा भेटिएको हो ।
वीरेन्द्रनगर–८ इत्रामस्थित शङ्करचोक नजिकै औषधिले लठिएको अवस्थामा फेला परेको गिद्धको अहिले उपचार जारी रहेको वन कार्यालयले जनाएको छ ।

रतको पठानकोट एयरबेसमा आक्रमण, चार आक्रमणकारी मारिए

१८ पुस,  भारतको पन्जाबस्थित पठानकोट एयरबेसमा शनिबार विहान आक्रमण भएको छ ।
आक्रमणमा चार चरमपन्थी मारिएका छन् । पन्जाब बोर्डर रेन्जका पुलिस उपमहानिरीक्षक विजय कुँवर प्रताव सिंहले चार आक्रमणकारी मारिएको पुष्टि गरेका छन् ।
दुई सुरक्षाकर्मीको मृत्यु भएको बताइए पनि पुष्ट भएको छैन । ६ जना गम्भीर घाइते भएका छन् ।

बाबुरामसँग कम्बल लिने को हुन् यी भद्रभलाद्मी ?

समाचार टिप्पणी/तस्बिर बोल्दैन । तर भनिन्छ तस्बिर बोल्छ । यो हजारौं शब्दभन्दा शक्तिशाली हुन्छ । तर कहिलेकाँही तस्बिरहरुलाई बोल्ने बनाइन्छ आफ्नो स्वार्थअनुसार ।
यो तस्विर अहिले सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताका लागि हटकेक बनिरहेको छ । हातमा महंगा घडी, औँलामा सुनको औँठी, कोट पाइन्टमा सजिएका ‘सुटेड बुटेड’ व्यक्ती निकै भलाद्मी देखिन्छन् । उनै भलाद्मी व्यक्तिलाई कम्बल हस्तान्तरण गर्दै गरेका व्यक्ति नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराई हुन् ।

ओलीलाई मोदीले अचानक किन फोन गरे ? दोस्रोपटक भारत भ्रमणको निम्तो, ओलीले भने- छिट्टै आउँछु

Modi-Oli

काठमाडौँ, १६ पुस । विहीबार विहानै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको फोनले मोबाइलको घण्टी बजेपछि प्रधानमन्त्री केपी शर्मा ओली छक्क परे ।
छक्क पनि किन नपरुन् । विभिन्न कार्यक्रम र आयोजनाको सुरुवातका लागि गृह जिल्ला झापा पुगेका थिए । तर, अचानक मोबाइलमा भारतीय नम्बरबाट फोन आयो । उठाउँदा मोदीको रहेछ ।
उक्त फोनबारे पूर्व जानकारी केही गरिएको थिएन् । फोनको सुरुवातमै मोदीले अंग्रेजी नयाँ वर्षको शुभकामना दिए । २० मिनेटसम्म चलेको फोन वार्तामा भएका धेरै कुरा बाहिर आए । तर, मोदीले किन अचानक फोन गरे आम नागरिकलाई चाँसोको विषय बनेको छ ।

मधेसी मोर्चाका नेताले जनतामा भम्र छरे : गच्छदार

१६ पुस, विराटनगर । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नयाँ संविधानबारे मधेसी मोर्चाले जनतामा छरेका भम्रलाई चिरेर अघि बढ्नुपर्ने बताएका छन् ।
‘संविधानले पहाड, हिमाल र तराईका समुदायको हक अधिकारलाई सुनिश्चित गरेको छ तर मधेसी मोर्चाले संविधानले केही दिएन भनेर जनतामा भ्रम छरेको छ,’ बिहीबार विराटनगरमा अगुवा कार्यकर्ताहरुलाई सम्वोधन गर्दै गच्छदारले भने ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्षसमेत रहेका गच्छदारले मोर्चाले संविधानले केही दिन सकेन भनेर जनतामा भ्रम छरेकाले त्यसलाई चिर्न आफना कार्यकर्तालाई निर्देशन समेत दिए । कुनैपनि संविधान आफैमा पूर्ण नहुने भन्दै गच्छदारले संविधान संसोधन गरेर सबैको अक अधिकारलाई सुरक्षित गर्न सकिने धारणा राखे ।

कुकुरसँग प्रेममा परेपछि किशोरीको यो हाल

भनिन्छ प्रेम अन्धो हुन्छ । सायद यहीँ कुरालाई प्रमाणित गर्ने घटना अहिले बाहिर आएको छ, जहाँ १२ कक्षामा पढ्ने एक किशोरी छात्रा सबै मानवीय विवेकको हद पार गर्दै एउटा कुकरसँगको प्रेममा पागल बनेकी छिन् ।
Dog-loveघटना भारतको हो । दैनिक जागरण अनलाइनका अनुसार यी किशोरीले उक्त कुकुरलाई नै आफ्नो ब्वायफ्रेण्ड मान्छिन् । जब ती किशोरीको कोठाबाट उनका अभिभावकहरुले केही पोर्न सामाग्रीहरु फेला पारे तब उनलाई मनोचिकित्सककोमा लगिएको थियो ।
समाचार अनुसार ती किशोरीका बुवाले ५ वर्ष पहिले घरमा जर्मन शेर्फड जातको कुकुर ल्याएका थिए । जब जब त्यो कुकुर ठूलो हुँदै गएको ती किशोरीको लगाव कुकुरप्रति बढ्दै गयो । उनी रातदिन सोही कुकुरसँग बस्न थालिन् । कुकुरसँग उनको प्रेमका बारेमा साथीसँगीहरुले चाल पाएपछि उनका अभिभावकहरुलाई भनिदिए । सुन्दैमा ती किशोरीका अभिभावक आत्तिए र उक्त कुकुर एउटा संस्थालाई दिए ।

मितेरी पुलबाट मोर्चाका कार्यकर्ता फेरि लखेटिए

वीरगञ्ज : वीरगञ्ज-रक्सौल नाका ठप्प पार्न मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ताहरुलाई व्यापारीहरुले लखेटेका छन् । भारतको रक्सौलबाट सामान लिएर आएका ब्यापारीहरुले धर्नाकारीहरुलाई नाकाबाट लखेटेर बुधबार राति सामान नेपालतर्फ पास गराउन सफल भएका छन् । 
 धर्नारत मधेसी मोर्चाका कार्यकर्ताहरुले रक्सौलबाट ठेला र टाँगामा ल्याइएका सामान नेपालतर्फ ल्याउन नदिएपछि ब्यापारीहरु जाइ लागेका थिए । बढ्दो चिसो र आन्दोलनप्रति घट्दो जनसमर्थनका कारण मितेरी पुलमा सानो संख्यामा रहेका धर्नाकारीहरुमाथि व्यापारीहरु जाइ लागेपछि उनीहरु भागेका थिए । 
 मधेसी मोर्चाको नाकाबन्दीका कारण भारतबाट नेपालतर्फ सामान पास गराउन नपाएका दुबै देशका ब्यापारीहरु मिलेर धर्नकारीमाथि आक्रमण गरेको बताइएको छ । धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ताहरुले भने आफूहरुमाथि तस्करहरुले आक्रमण गरेको दाबी गरेका छन् । व्यापारीहरुले नेपालतर्फ सामान ल्याउने समयमा मितेरी पुलमा मोर्चाका करिब १५ जना मात्रै कार्यकर्ता धर्नारत थिए । 

१० दिनभित्र मधेश आन्दोलन र भारतीय नाकाबन्दी अन्त्य हुन्छ : प्रधानमन्त्री ओली कालोबजारी नियन्त्रण नभए जिम्मेवार पदाधिकारी कारबाहीमा पर्ने

विराटनगर, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको समस्या दश दिनमा समाधान हुने बताउनुभएको छ ।
Kp-Oliविराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले समस्या समाधानका लागि मधेसी मोर्चासँग औपचारिक- अनौपचारिक वार्ता भइरहेको उल्लेख गर्नुभयो ।
नेपाली जनताको इच्छा, आवश्यकतालाई ध्यानमा राखी फराकिलो सोच एवम् उदारताका साथ सरकार वार्तामा अगाडि बढेको प्रशङ्ग उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले चाँडै मुलुक सहज अवस्थामा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

माधव र विद्यादेवीको तस्बिर फेसबुकमा कसले पोष्ट गर्‍यो ?

काठमाडौं, १६ पुस । प्रविधिको विकाससँगै पछिल्लो समय साइबर क्राइमका घटना बढ्न थालेका छन् ।

Madhav Nepal Bidhyadevi Bhandariफेसबुक र ट्वीटरलगायतका सामाजिक सञ्जालबाट जथाभावी पोष्ट गर्ने, अर्काको चरित्र हत्या हुने खालका विवरणहरु सार्वजनिक गर्ने, विभिन्न नेता र नेतृको तस्वीर जोडेर अपलोड गर्ने जस्ता कार्यहरु बढ्न थालेपछि प्रहरी महानिरीक्षकको सचिवालयले त्यस्ता कार्य रोक्न मातहतका निकायलाई सर्कुलर जारी गरेको छ ।
केही दिन अघि विभिन्न फेक आइडीबाट एमाले नेता माधव नेपाल र राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर जोडेर फेसबुकमा पोष्ट भएकोमा अनुसन्धान गरी कारबाही गर्न सचिवालयले महानगरीय प्रहरी अपराध महाशाखालाई पत्र पठाएको छ ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुले छुट्टै सेल गठन गरी साइबर क्राइमका मुद्दाहरु हेर्ने गरेको छ भने परिसरले मुद्दा चलाउने गरेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । यो त एउटा उदाहरण मात्र हो, यस्ता घटना दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

पूर्वप्रधानमन्त्री कोइराला पनि साइकल चढे

sushil-Koirala-riding-Schoo१५ पुस, काठमाडौँ । ‘वातावरण मैत्री राष्ट्रिय अभियान’अन्तर्गत बुधबार पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई वातावरणमैत्री साइकल प्रदान गरिएको छ ।
कोइराला निवास महाराजगञ्जमा बुधबार जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले साइकल हस्तान्तरण गर्नुभएको हो । पूर्वप्रधानमन्त्री कोइरालाले केहीबेर साइकल चढेर अभियानमा सहभागिता जनाएका थिए ।

सेनाका जवानले महिलालाई रक्सी पिलाएर बेहोस पारेपछि…

Women

एजेन्सी । अनुशासनको दुनियाँमा नम्बर वान मानिने सैनिक शासन र सेनाका जवानहरुले त्यो मान्यतालाई तोडेका छन् ।
रांचीकी एक युवतीलाई नशा लागुञ्जेल रक्सी पिलाएर भारतीय सेनाका तीन जवानले सामूहिक रुपमा शारीरिक सम्पर्क राखेका छन् । उनीहरुले रेल यात्राका क्रममा युवतीको पालैपालो अस्मिता लुटेका हुन् ।
बलात्कृत युवतीले बाबत थानामा उजुरी दर्ता गराएकी छिन् । प्रहरीले मुद्दा दर्ता गरेर एक जवानलाई पक्राउ गरेको छ । दुई जवान फरार छन् । उनीहरुको खोजी प्रहरीले गरिरहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पीडित युवती हावडा–अमृतसर एक्सप्रेस रेलमा यात्रा गरिरहेकी थिईन् । हावडाबाट त्यही रेलमा सेनाको एक टोली चढ्यो । युवती आफ्नी साथीलाई भेट्न लुधियाना जाँदै थिईन् । बाटोमा सेनाका तीन जवानले युवतीलाई रक्सी पिलाउने प्रस्ताव गरे । ती युवतीले पनि सहजै विश्वास गरेर हुन्छ भनिन् । सेनाका तीनै जना जवानहरुले उनलाई बेहोस हुनेगरी रक्सी पिलाएर पालैपालो उनको अस्मिता लुटे ।

पोखरामा निसास्सिएर चार जनाको मृत्यु


कास्की: पोखरा उपमहानगरपालिका-१४ चौथेको प्रगती टोलमा मंगलबार राति मानबहादुर रानाको घरमा आगलागी हुँदा चार जनाको मृत्‍यु भएको छ। 
 कोठाभित्र राखेको सोफामा आगो लागेपछि सुतिरहेका उनीहरुको निस्सासिएर मृत्‍यु भएको डिएसपी गजुरसिद्धि बज्राचार्यले जानकारी दिए। 
 मृत्‍यु हुनेमा मानबहादुरकी ३५ वर्षीया श्रीमती सीता राना, ११ वर्षीय छोरा हेमन्त राना, पाहुना आएकी २२ वर्षीय वसन्ती राना र मानबहादुरको ७५ वर्षीय आमा गंगा कुमारी रानाको मृत्‍यु भएको हो। 

ड्राइभर सुतेको बेला बाँदरले चलायो बस


 अब मानिसले गर्ने काम उसको पुर्खाले पनि गर्यो त के फरक पर्यो भन्नुहोला । तर भारतको उत्तरप्रदेशमा बाँदरले बस चलाएर साँच्ची नयाँ रेकर्ड नै कायम गरेको छ ।
Monkeyभारतको उत्तरप्रदेशस्थित बरेली सहरमा बाँदरले यस्तो काम गर्यो की सबै मानिस तिनछक पर्नुको विकल्प रहेन ।
पार्किंगमा रोकिराखेको उत्तर प्रदेश राज्य निगम परिवहनको बसलाई बाँदरले स्टार्ट मात्र गरेन, गिएर लगाएर गुडायो पनि । अनि गुडाएर अरु दुइवटा बसमा लगेर ठोक्काउने काम पनि गर्यो ।
पार्किंगमा रहेको बसभित्र जंगली बाँदर एकाएक छिरेर गाडी स्टार्ट गरी गुडाएको हो । बाँदरले गुडाएको गाडीले अरु बसलाई ठक्कर दिन थालेपछि बसका ड्राइभर तत्कालै बाँदरलाई लखेटे र गाडी नियन्त्रणमा लिन सफल भए ।
समाचार अनुसार बसको चाँबी घुसार्ने ठाउँमै छाडेर बसका चालक बसको पछाडिको सिटमा गएर सुतेका थिए । चालक सुतेको मौका पारेर बाँदर बसको झ्यालबाट भित्र छिर्यो र ड्राइभर बस्ने सिटमा बसेर चाँबी घुमाएपछि बस स्टार्ट भैहाल्यो ।
बस स्टार्ट हुँदाको आवाजले ड्राइभरको निद्रा खुल्यो । हेर्दा त आफ्नो सिटमा बाँदर बसिरहेको छ । उनी तत्कालै चिच्याए र दौडिएर अगाडि आउन थाले । बाँदर पनि आत्तिएर बाहिर भाग्दा बसको गिएर दबिएछ र ड्राइभर अगाडि आएर बस नियन्त्रणमा लिन नपाउँदै दुइवटा अरु बसमा ठोक्किइसकेछ ।

दिल्लीमा गोली हानेर नेपाली युवाको हत्या

काठमाडौं : भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली युवाको आइतबार राति गोली हानी हत्या भएको छ । 
 
भारतीय सञ्चारमाध्यमहरुका अनुसार दिल्लीको मंगोलपुर कला गाउँमा नेपाली युवाको सोमबार गोली हानी हत्या भएको हो । 
समाचारमा जनाइए अनुसार सिंहबहादुर नामका नेपाली युवाको कला गाउँको गल्ली नम्बर ९ मा अज्ञात समहूले गोली हानेर ज्यान लिएको हो । 

हिराको हार सानो भएको भन्दै युवतीद्धारा विहे बहिस्कार

proposalजिवनमा मायाप्रेम तथा विश्वास भन्दा ठूलो कुरा केही हुँदैन र मायाप्रेमका अगाडि सुनचाँदी र हिरामोतीको कुनै अर्थ रहँदैन भन्ने आदर्शमय कुरा धेरैले गर्छन् । तर यस्तो आदर्शलाई घाममा सुकाइदिने काम गरेकी छिन् चीनकी एक युवतीले । दक्षिण पश्चिमी चीनको चेंग्दू सहरकी एक युवतीले हिराको औँठी सानो भएको भन्दै आफ्नै ब्वायफ्रेण्डले राखेको विवाहको प्रस्ताव अस्विकार गरेकी छिन् ।
विशेष समारोहबीच विवाहको प्रस्ताव गर्न ठीक्क परेका प्रेमीले आफ्नो लागि उपहारको रुपमा ल्याएको हिराको औँठी सानो भएको निहुँमा उनले युवकको बिहे प्रस्तावलाई लात हानेकी हुन् ।

यौन शोषणमा परेकी सेनाकी महिला मेजर प्रहरीमा उजुरी हाल्न गएपछि…

Rape

 एजेन्सी । प्रहरी भन्दा बोलियो संगठन मानिन्छ सेना । अनुशासनका हिसाबले पनि सेना नै अब्बल संगठन हो । तर, यहाँ एक महिला मेजरको यौन शोषण भएको समाचार छ ।
प्रहरीमा आफूभन्दा तलका महिला अफिसरसँग यौन शोषण गर्ने गरेको समाचार सुनिएपनि सेनामा भने पहिलोपटक महिला मेजरको यौन शोषण भएको हो । आफ्ना यौन शोषण भएपछि महिला मेजर रिपोर्ट लेखाउन आउँदा प्रहरी चौकीका कर्मचारी छक्क परेका छन् ।

ठग्‍दै हिँड्ने तीन जना पक्राउ

मोरङ: पूर्वी मोरङमा नक्कली सुनको गहना बनाई ठगी गर्दै हिँड्ने गिरोहका तीन जनालाई प्रहरीले इटहरा र उर्लाबारीबाट नियन्त्रणमा लिएको छ। 
 इलाका प्रहरी कार्यालय सिजुवाले इटहरा‍-२ का कुमार विश्वकर्मा र सिजुवा-२ का मिलन सुनवारलाई गए राति इटहरा-६ स्थित उलुघुटुस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो । 
 उनीहरुको साथबाट रु ५० हजार र नक्कली सुनका दुईवटा गहना नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी नायब निरीक्षक शङ्कर खड्काले जानकारी दिए। 

मधेसी मोर्चाका कार्यकर्ताले इँटा बोकेका दुई ट्रक जलाए

१४ पुस, रौतहट । रौतहटको गरुडामा मधेसी मोर्चाका कार्यकर्ताले दुई वटा ट्रकमा आगजनी गरेका छन् । ईट्टा लोड गरिएका दुवै ट्रकलाई बन्दको अवज्ञा गरेको भन्दै सोमबार राति मोर्चा कार्यकर्ताले पेट्रोल छर्केर आगो लगाएका हुन् ।
truckगरुडाबाट ईट्टा बोकेर चन्द्रनिगाहपुर तर्फ जान लागेको ना ५ ख १६७० र ना ४ ख ४६०५ नम्बरको ट्रकमा आगजनीबाट क्षति पुगेको जिल्ला प्रहरी कार्यालय का डिएसपी राजेन्द्र पोखरेलले बताए ।
घटनाको जानकारी पाए पछि ईलाका प्रहरी कार्यालय गरुडाबाट गएको प्रहरी टोलीले आगो निभाएको थियो । घटना पछि आगो लगाउनेहरु फरार भएको प्रहरीले बताएको छ । ईट्टा लोड गरिएको ट्रकका विषयमा मोर्चाका कार्यकर्ता र व्यवसायीबीच कुरा नमिलेका कारण आगजनी भएको हुनसक्ने प्रहरीको आशंका छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सर्लाहीमा ‘मर्निङ वाक’ हिँडेका एमाले नेताको हत्या लोकप्रिय नेताको रहस्यमय हत्याको छानविन होसः एमाले

sarlahi-Constituency१४ पुस, सर्लाही । सर्लाहीमा एमालेका जिल्ला नेताको हत्या भएको छ । सर्लाही जिल्ला कमिटीका सदस्य ६२ वर्षीय रामनरेश रायको मर्निङ वाकको समयमा मंगलबार बिहान हत्या भएको हो ।
घटना हेमपुर गाविस वडा नम्बर ७ मा भएको हो । मर्निङवाकमा हिँडेका उनलाई आँखामा खुर्सानीको धूलो छर्केर धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
हेमपुर गाविसका दुईपटक निर्वाचित अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य रहिसकेका यादव लोकप्रिय नेता थिए । उनी पछिल्लो समय पार्टीको निर्णयबमोजिम मधेसमा संविधानबारे जनतालाई बुझाउने अभियानमा थिए ।