धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

राष्ट्रपति विद्यालाई अमेरिकाको बधाइ

१२ कात्तिक, 

                  संयुक्त राज्य अमेरिकाले नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई अभूतपूर्ण सफलताको कामना गर्दै बधाइ तथा शुभकामना दिएको छ ।
अमेरिकाको विदेश मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जन कर्बीले नेपालको एकता, समृद्धि र स्थायित्वका लागि काम गर्ने बताए । उनले भने-‘हामी राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग नेपालको एकता, समृद्धि र स्थायित्वका लागि काम गर्न तत्पर छौं । हामी नेपाली जनतासँग काँधमा काँध मिलाएर प्रजातन्त्र र भूकम्पपछिको पुनः निर्माणका लागि अघि बढ्न तयार छौं ।’

एक महिनामा ११ किशोरी र महिलाको हत्या

१२ कात्तिक, 
 एक महिनाको अवधिमा ११ जना किशोरी तथा महिलाहरुको हत्या भएको छ । सञ्चारिका समूह नेपालले असोज महिनामा गरेको सञ्चार अनुगमनबाट यो तथ्य फेला परेको हो ।

यसरी हुँदैछ राष्ट्रपतिको पद हस्तान्तरण.....................

१२ कात्तिक,
 नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले बिहीबार दिउँसो तीन बजे शपथग्रहण गर्ने कार्यक्रम छ ।
शपथग्रहण समारोह शीतल निवास अगाडिको प्रांगणमा हुनेछ ।
शपथग्रहण समारोहमा पहिला नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारी पुग्नेछिन् । त्यसलगत्तै निवर्तमान राष्ट्रपति रामवरण यादव आउनेछन् ।

निवर्तमान राष्ट्रपति आज शीतलनिवासबाट बाहिरिने

१२ कात्तिक,
                         निवर्तमान राष्ट्रपति डा. रामवरण यादव बिहीबार ललितपुरको बागडोलस्थित भाडाको घरमा सर्ने भएका छन् ।

व्यवस्थापिका-संसद्बाट बुधबार राष्ट्रपति पदमा विद्यादेवी भण्डारी निर्वाचित भएसँगै राष्ट्रपति डा यादव शीतलनिवासबाट सर्न लागेका हुन् ।
नवनिर्वाचित राष्ट्रपति भण्डारीको शपथग्रहण समारोहपछि सरकारले आयोजना गर्ने बिदाइ समारोहपछि यादव साँझ बागडोल सर्ने यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।
सरकारले आज राष्ट्रपति यादवको बिदाइमा एक समारोहको आयोजना गर्दैछ ।
शपथग्रहण समारोह सकिएको डेढ घन्टापछि सरकारले गर्ने भिन्नै समारोहमा राष्ट्रपति यादवको बिदाइ गरिनेछ ।यादव २०६५ साउन ६ गते गणतन्त्र नेपालको प्रथम राष्ट्रपति चयन भएका थिए ।

वन क्षेत्रमा वृद्धको बेवारिसे शव फेला

कञ्चनपुर, १२ कात्तिक ।
                     कञ्चनपुरको बेदकोट नगरपालिका– ३ छेला नजिकको वन क्षेत्रमा गएराति अन्दाजी ६० वर्षीय वृद्धको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
स्थानीय बासिन्दाले वन क्षेत्रमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झलारीबाट गएको प्रहरीको टोलीले शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा पठाएको छ ।
शव नजिकै सेल्फास नामक विषादी फेला परेकाले वृद्धले आत्महत्या गरेको हुन सक्ने प्रहरी निरीक्षक ज्ञानबहादुर सेठीले बताउनुभयो ।
वृद्धको हालसम्म सनाखत हुन नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुवाको किरियाका लागि नेपाल जान छुट्टी माग्दा साउदीको जेल

                                   साउदी । बैदेशिक रोजगारीको शिलशिलामा दश महिना अघि साउदी अरब आएका रुपन्देही तिलोत्तमाका कृष्ण श्रेष्ठ यतिबेला साउदी अरबको जेलमा छन् ।

बुवाको निधन भएपछि काजक्रियाका लागि स्वदेश जाने बिषयमा रोजगारदाता कम्पनीसँग कुरा मिल्न नसकेपछि श्रेष्ठ जेल जानु परेको हो ।

गोपीकृष्ण हलमा प्रहरी छापा, जुवा खेलाइ लुटेको भन्दै पौडेल पक्राउ

गोपीकृष्ण मुभिजका मालिक उद्धव पौडेल
काठमाडौं, १२ कात्तिक । राप्रपा नेपालका नेता एवम् गोपीकृष्ण मुभिजका मालिक उद्धव पौडेल यतिबेला चिन्तामा डुबेका छन् । दसैँको बेला खुब पैसा कमाउने भनेर योजना बुनिरहेका उद्धव पौडेल त्यतिबेला जिल परे, जतिबेला आफ्ना हलका म्यानेरलाई प्रहरीले पक्राउ गर्‍यो ।

कुरा हो कात्तिक ३ गते मंगलबार अर्थात कोजाग्रत पूर्णिमाका दिन प्रहरीले गोपीकृष्ण फिल्म हलमा छापामारेर म्यानेर तीर्थ पौडेललाई गिरफ्तार गरेको गर्‍यो ।

राष्ट्रपतिको मत परिणाम घोषणामा सभामुख झुक्किएपछि …

नेपालको दोस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित गरेको घोषणा गर्दा सभामुख  ओनसरी घर्तीमगरको जिभ्रो लटपटियो ।

भण्डारीले प्राप्त गरेको मत संख्या तीन सय २७ हुनुपर्नेमा घर्तीले हड्वडाएर दुई सय २७ भन्नपुगेकी थिइन् । राष्ट्रपतिमा जितका लागि दुई सय ९९ सय मत आवश्यक पर्छ ।
नेपालको पहिलो महिला सभामुखका रुपमा निर्वाचित घर्तीले पहिलो महिला राष्ट्रपतिका रुपमा भण्डारीको नाम घोषणा गर्ने संयोग मिलेको थियो ।

भोलि शुक्रबारबाट खाना पकाउने ग्यास बजारमा उपलब्ध हुने

Gas


               काठमाडौं, १२ कात्तिक । उद्योगीले शुक्रबारबाट आधा ७.१ किलोग्राम ग्यास भरिएका सिलिन्डर बजारमा उपलब्ध गराउने भएका छन् ।
तराईका उद्योगले ल्याएका ४० भन्दा बढी बुलेटमध्ये करिब २५ बुलेट काठमाडौंमा ल्याई यहाँका उपभोक्तालाई आधा ग्यास भरिएका सिलिन्डर उपलब्ध गराउने एलपी ग्यास उद्योग संघले जनाएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

विद्या भण्डारी राष्ट्रपतिमा बहुमतले विजयी भएको घोषणा

एमाले नेतृ विद्यादेवि भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा बहुमतले विजयी भएकी छन्। बुधबार राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ५९७ मध्ये ५ सय ४९ मत खसेको थियो। उनले खसेको मतको ३२७ मत पाइन्। संविधानसभा भवनमा बुधबार विहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म मतदान भएकामा ४७ जना सांसद् अनुपस्थित भएका थिए। यस्तै निर्वाचनमा कांग्रेसका उम्मेद्वार कुलबहादुर गुरूङले २१४ मत पाएका छन्। ८ मत बद्दर भएको थियो।

कतारमा आप्रवासी कामदारको हितमा नयाँ कानून, रोजगारी बदल्न र देश छोड्न सहज हुने

Omar-Chatriwala
              कतारले विदेशी कामदारहरुलाई सहज हुने गरी नीतिगत फेरबदल गरेको छ । यसबाट त्यहाँ रहेका नेपाली कामदारहरु पनि लाभान्वित हुनेछन् ।

अवैध सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ


                             एअर अरेबियाको उडान नम्बर जि ९–५३७ द्वारा साउदी अरेबियाबाट नेपाल आएका भारतीय नागरिक सञ्जय गोयन्कालाई प्रहरीले २२८ ग्राम सुनसहित मङ्गलबार पक्राउ गरेको छ ।

राष्ट्रपति निर्वाचनमा ५४९ मत खस्यो, निर्वाचन सम्पन्न


व्यवस्थापिका संसद भवन नयाँ वानेश्वरमा राष्ट्रपातिका लागि आज भएको मतदानमा कूल ५४९ मत खसेको छ ।
संसदमा हाल ५९७ सांसद रहेका छन् । मतदानमा मधेसी दलका कुनै पनि सांसद सहभागि भएनन् । एमाले सांसद कृष्णभक्त पोखरेलका अनुसार मतदान सम्पन्न भएपछि मतगणना सुरु भएको छ ।
राष्ट्रपतिमा नेकपा एमालेका विद्या भण्डारी र नेपाली कांग्रेसका कूल बहादुर गुरुङ उम्मेद्वार रहेका छन् ।
एमाले उपाध्यक्ष भण्डारी संघीय गणतन्त्र नेपालको दोस्रो एबम् पहिलो महिला राष्ट्रपति बन्ने निश्चत जस्तै छ ।

२ बजेर ३० मिनेटबाट मतगणना सुरु भर्इ र साँझ ५ बजे बस्ने संसदको बैठकमा सभामुख ओनसरी घर्तीले नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा गर्नेछिन् ।

सञ्चारमाध्यममा लगाइएको बन्देजप्रति पत्रकार महासंघको आपत्ति

११ कात्तिक , धनगढी,कैलाली
 संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बाराका सन्चार माध्यमहरुलाई मोर्चा बाहेक अन्यको विज्ञापन र शुभकामना सन्देश प्रकाशन/प्रसारण गर्न रोक लगाएकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै ,विद्यादेवी भण्डारी राष्ट्रपति हुने निश्चित


११ कात्तिक, काठमाडौं । नेपालको दोस्रो राष्ट्रपति चयनका लागि मंगलबार व्यवस्थापिका संसदमा मतदान हुँदैछ ।

दसैंभर भएको सवारी दुर्घटनामा ९२ जनाको मृत्यु


इन्धन अभावका कारण सडकमा कम सवारी गुडे पनि दसैंमा सडक दुर्घटनाका कारण ९२ जनाले ज्यान गुमाएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
घटस्थापना (असोज २६) देखि कोजाग्रत पूणिर्मा (कात्तिक ९) सम्म मुलुकका विभिन्न क्षेत्रमा भएका ५ सय २ सवारी दुर्घटनामा ९२ जनाको मृत्यु भएको हो । ट्राफिक प्रहरी निर्देशनालयका अनुसार मृत्यु हुनेमा ७२ पुरुष, १४ महिला, २ बालक र ४ बालिका छन् ।

सोलु सल्लेरी : जहाँ ८ बजे मात्र उज्यालो हुन्छ

२०७२ कार्तिक ११ गते 


Solu-Salleryबाटोमा भेटिएका सज्जनसँग छुट्टएिर माथि उक्लिँदै गर्दा पछ्याउँदै आएको चिसोले चियाको चुस्कीलाई सम्झाइदियो । हामी रोकियौं एउटा चिया पसलमा । थर्मसमा चिया तयार रहेछ । इच्छा लागेजति पिउन पाइने तर, जति पिए पनि एक कपको शुल्क तिरे पुग्ने ! यो सुविधाको चियाले तताएको ज्यान सल्लेरी आइपुग्दा झमक्क साँझ परिसकेको थियो । सदरमुकाम सल्लेरीको काखबाट बग्ने सोलु खोला र खुम्बिला हिमालको फेदमा रहेको खुम्बु उपत्यकाको समिश्रति नामबाट बनेको सोलुखुम्बु जिल्लामा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ११ उच्च हिमशिखरहरु छन् । बाहृय पर्यटनको मुख्य आकर्षण मानिदै आएको यही जिल्लामा हामी कामकाजी आन्तरिक पर्यटकहरुले आफूलाई बिसायौं ।

यसरी बन्यो चीनबाट पेट्रोल भित्र्याउने ‘खेल’

हिउँ नपर्दै केरुङबाट ३३ प्रतिशत तेल भित्र्याउने तयारी

China-petrol                      नेपालका सरकारी अधिकारीहरुको योजना अनुसार काम हुने हो भने अबको दुई साताभित्र चीनबाट नेपालमा नियमित रुपमा इन्धन आउन थाल्नेछ ।
भारतले अघोषित नाकाबन्दी गरेको लामो समयसम्म चीनलाई औपचारिक आग्रह समेत गर्न नसकेको सरकार दसैंमा एकाएक जुर्मुराएको छ । चीनले १० हजार मेटि्रक्टन अर्थात १३ लाख लिटर पेट्रोल अनुदानका रुपमा दिने बताइसकेको छ । थप सम्झौताका लागि नेपाली टोली बेइजिङ पुगिसकेको छ ।

नेपालले पाकिस्तानका भूकम्पपीडितलाई सघाउने

प्रधानमन्त्रीले नवाज सरिफलाई भने- हामी पाकिस्तानको साथमा छौं

Kp-Oli        प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई टेलिफोन गरी महाभूकम्पले पुर्‍याएका जनधनको क्षतिप्रति नेपाली जनताको तर्फबाट दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले भूकम्प पीडितलाई नेपाल सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पाकिस्तानका प्रधानमन्त्री सरिफसँग व्यक्त गरेका छन् । सरिफ हाल लण्डन भ्रमणमा छन् ।
ओलीले त्यस क्रममा नेपालमा गत बैशाखमा भएको महाभूकम्पका बेला पाकिस्तानले गरेको सहयोगको स्मरणसमेत गरेका छन् ।

बेलायतमा नेपाली पत्रकार मृत भेटिए

Hariman-Gurung

                       बेलायतको हुक र बेजिङस्टोकबीच जंगलमा एक नेपाली पत्रकार मृत भेटिएका छन् । एभरेष्ट टाइम्स् साप्ताहिक पत्रिकाको अनलाइन संस्करणका फोटो पत्रकार हरिमान गुरुङ मृत अवस्थामा फेला परेका हुन् ।
शनिबारदेखि बेपत्ता भएका पत्रकार गुरुङको मृत शरीर सोमबार दिउँसो हुक र बेजिङस्टोकबीच पर्ने जंगलमा भेटिएको बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स पत्रिकाका मार्केटिङ म्यानेजर ज्ञाम गुरुङले जानकारी दिए । पत्रकार गुरुङको मृत्युको कारण भने अझै खुलेको छैन ।

शक्तिशाली भूकम्पमा परी पाकिस्तानमा १६ को मृत्यु, सयौं घाइते

Earthquake-At-Pakistan

   शक्तिशाली भूकम्पका कारण पाकिस्तानमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । अहिले उद्धार कार्य जारी छ | अफगानिस्तानको काबुलबाट २५६ किलोमिटर उत्तर पूर्वमा हिन्दु कुश हिमालय पहाडलाई केन्द्र बनाएर ७.७ रेक्टर स्केलको भूकम्प गएको थियो । पाकिस्तानको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने ७.५ रेक्टरको भूकम्प गएको बताएको छ ।

धनगढी–काठमाडौँ हवाई सेवा सुरु, भाडादर कति ?

               

Nepal-Airlines
        वायु सेवा निगमले हप्तामा चार दिन धनगढी–काठमाडौँ हवाई सेवा सुरु गरेको छ ।
जहाज अभावका कारण धनगढी–काठमाडौँ हवाई सेवा नियमित गर्न नसकिरहेको निगमले केही दिनअघिदेखि आइतबार, मङ्गलबार, बुधबार र शुक्रबार हवाई सेवा सुरु गरेको हो ।

बेपत्ता अल्ट्रालाइट विमानको सूचना दिनेलाई एक लाख पुरस्कार

altralight planeपोखरा । गत असोज २१ गतेदेखि बेपत्ता भएको अल्ट्रालाइट विमानको सूचना दिनेलाई एक लाख पुरस्कार दिइने भएको छ ।
पोखरा नागरिक उड्डयन कार्यालय पोखराले आज एक सूचना प्रकाशित गरी विमान दुर्घटना भएको स्थानको सूचना दिने व्यक्तिलाई पोखरा अल्ट्रालाइट कम्पनीका तर्पmबाट सो पुरस्कार दिइने खोज तथा उद्धार समन्वय उपकेन्द्रका प्रमुख योगेन्द्रनाथ कुँवरले बताए ।

यि हुन् फेसबुकले थपेका ६ वटा नयाँ सुविधाहरु

facebook1
सामाजिक सञ्जाल फेसबुकमा भावना साटासट गर्न र अन्तर्क्रियाका लागि सहज र मनोरञ्जनपुर्ण भएपनि एउटा अप्सनको निकै ठुलो अभाव महसुस गरिएको थियो । त्यो हो ‘डिस्लाइक’ अप्सन ।
कसैले खुसीको खबर पोष्ट गर्दापनि लाईक गर्नु पर्ने र दुखको खबर पोष्ट गर्दापनि विकल्प हुँदैन लाईक नै गर्नु पर्ने । त्यसलाई खास डिसलाईक अर्थात त्यो प्रति सहानुभुति या समवेदना प्रकट गर्नु पर्ने तर त्यसका लागि सुविधा नै नहुँने । होइन, अब त्यसका लागि सुविधा हुन्थेन ।

नेपालमै वायोइन्धन उत्पादन गर्ने तरिका यी हुन्

ukhu
काठमाडौं । इथ्यानल उद्योग, ल्याव र इन्धनको रुपमा गाडि गुडाउन प्रयोग गरिन्छ । इथ्यानल उर्जाको प्रर्यावाची शब्द भई सकेको छ । यसको उत्पादन गर्न चाहिने कच्चा पदार्थ छोटकरीमा तल वर्णन गरिएको छ

नेपाल एएफसी यू-१६ च्याम्पियनसिपका लागि अयोग्य घोषित

            बढी उमेरका खेलाडी खेलाएको आरोप

U-16-Football
९ कात्तिक, काठमाडौं । बढी उमेरका खेलाडी खेलाएको भेटिएपछि नेपाल एएफसी यू-१६ च्याम्पियनसिपका लागि अयोग्य घोषित भएको छ ।
कीर्गिस्तानमा हालै सम्पन्न छनोटमा नेपाल उपविजेता हुँदै उत्कृष्ट उपविजेताका रुपमा च्याम्पियनसिपका लागि छनोट भएको थियो । तर, एएफसीले सोमबार बढी उमेरका खेलाडी खेलाएको भन्दै नेपाललाई अयोग्य घोषित गरेको छ ।

किन मोटाए सरकारी कर्मचारी ? ९४ प्रतिशत मोटोपनाका सिकार


Gentel Man
विश्वको सबैभन्दा मोटो देश कुन हो ? यहाँ भुगोलका हिसाबले मोटो भन्न खोजिएको होइन, सबैभन्दा धेरै मोटा मानिसहरु बस्ने देश भन्न खोजिएको हो । सायद तपाइँलाई थाहा छैन होला । विश्वमा सबैभन्दा धेरै जनता मोटा भएको देश टोँगा हो ।

बार्सिलोनामा प्रस्तुत हुँदै राजेशपायल

कार्तिक ८, २०७२- स्वदेश तथा विदेशका सांगीतिक कार्यक्रममा व्यस्त भैरहेका गायक राजेशपायल राई यतिबेला आफ्नो दोस्रो यूरोप भ्रमणको क्रममा स्पेनको बार्सिलोना पुगेका छन् ।

विश्वसुन्दरी एेश्वर्याकाे कमब्याक (तस्विरहरू सहित )

aishwayra12काठमाडौँ । वैवाहिक जिवनको सुरुवात भएपछि विश्वसुन्दरी ऐश्वर्या राय वच्चन पछिल्लो लामो समय यता कुनै फिल्ममा देखा परेकि थिइनन् ।
पारिवारिक जिवन सुरु भए सँगै बलियुड फिल्म क्षेत्रकी नम्बर वान हिरोइनका रुपमा परिचित ऐश्वर्या राय वच्चन फिल्मी क्षेत्रमा नआए पनि त्यो समय भने निकै उतार चढाव पुर्ण नै रह्यो ।

‘मेरा प्रिय तन्नेरी ‘ब्रो’हरु थुप्रै छन्’

खगेन्द्र संग्रौला


khagendra_sangrula
नेपाली साहित्य लेखनको अहिलेको स्थिति कस्तो छ ?
सामाजिक यथार्थको परिदृश्यमा उत्पीडनका पर्वतहरुमुनि किचिएर निसासिएका अनाम र पहिचानविहीन भूइँमान्छेहरु समाजका अन्तरकुन्तरबाट कमिलाको गोलोभैँ रमरम उज्यालोमा बाहिर निस्किरहेका छन् । र, साहित्यमा सिर्जनशील कर्ता र जीवन्त पात्रका रुपमा तिनको उपस्थिति बढ्दो छ । निषेधका पर्खालहरुले छेकेर दमनकारी सत्ताले नदेख्नू र नभन्नू भनिएका जीवनका दमित सत्यहरु साहित्यमा अभिव्यक्त भइरहेका छन् ।

फोटोमा हेर्नुहोस्, दसैं मानेर काठमाडाैं फर्किनेको भीड


650८ कात्तिक, काठमाडाैं ।  दसैं मनाउन घर गएका सर्वसाधारणहरू काठमाठाैं फर्किन थालेका छन् । दसैं मनाएर फर्किनेहरू बढेसँगै काठमाडाैंका सडकमा सवारी र मान्छेहरूको चहलपहल बढ्न थालेको छ ।

मस्तानी दीपिका देखेर रणवीर हेरेको हेर्‍यै


Ranbir-Deepika
मुम्मई । भारतीय फिल्म स्टार रणवीर सिंहले आफ्नो आउँदै गरेको फिल्म ‘बाजीराव मस्तानी’ मा दीपिका पादुकोण लुक्स देखेर आफु हेरेको हेर्‍यै भएको बताएका छन् ।