मल्टिप्लेक्समा ‘ड्रिम्स’को बुकिङ आक्रामक, देखियो अनमोल क्रेज
अाजबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डि्रम्स’को बुकिङ मल्टिप्लेक्समा आक्रामक देखिएको छ । भूवन केसी निर्देशित यो चलचित्रलाई मल्टिप्लेक्स हलहरुले उच्च शो दिएका छन् ।
क्यूएफएक्सले कुमारी, जय नेपाल र सीभील गरेर १४ वटा शो चलचित्रले पाएको छ । जसमध्ये बिहानीको शोको वुकिङ अहिलेसम्म औषत रहेपनि १२ बजेपछि आक्रामक बुकिङ भएको क्यूएफएक्स कुमारी र जय नेपालका म्यानेजर विनोद पौडेलले जानकारी दिए ।
फेसबुक संस्थापक जुकरबर्ग बने विश्वकै छैटौँ धनी व्यक्ति, यी हुन् टपटेन अर्बपति
फेसबुकका सिइओ तथा संस्थापक मार्क जुकरबर्ग विश्वका सबैभन्दा धनी व्यक्तिहरुको सूचिमा छैटौँ स्थानमा उक्लिएका छन् । ४४ अर्ब ६० करोड डलर सम्पत्ति सहित जुकरबर्ग विश्वका छैटौँ धनी व्यक्ति बन्न सफल भएका हुन् ।
फोब्र्स म्यागेजिनले हालै सार्वजनिक गरेको सन् २०१६ का विश्वका अर्वपतिहरुको सूचिमा ३१ वर्षका जुकरबर्गले पहिलोपल्ट आफुलाई विश्वका टपटेन अर्बपतिको सूचिभित्र पारेका हुन् । गत वर्ष १६ औँ स्थानमा रहेका जुकरबर्गले १० स्थान फड्को मारेका हुन् ।
पछिल्लो एक वर्षमा उनको सम्पत्ति ११ अर्ब २० करोड डलरले बढेको छ । विश्वका टपटेन धनाढ्यमा उनी सबैभन्दा कान्छा हुन् । टपटेनमा परेका दोश्रो कम उमेरका अर्बपती अमेजनका संस्थापक जेफ बेथाुसको उमेर ५१ वर्ष छ र उनी जुकरबर्ग भन्दा एक स्थान माथि अर्थात् पाचौँ स्थानमा रहेका छन् ।
यो सँगै जुकरबर्ग अमेरिकाको चौथो धनी व्यक्ति बनेका छन् । अमेरिकामा ४० वर्षभन्दा कम उमेरका अर्बपतिहरुमा भने उनी एक नम्बरमै उक्लिएका छन् ।
स्मरण रहोस् जुकरबर्ग विश्वका शक्तिशाली व्यत्तिहरुको सूचिमा १९ औँ नम्बरमा रहेका छन् । केही महिनाअघि पुत्रीलाभ गरेका जुकरबर्ग दम्पतिले छोरी जन्मेको उपलक्ष्यमा आफ्नो नाममा रहेको फेसबुकको शेयरमध्ये ९९ प्रतिशत कल्याणकारी कार्यमा दान गर्ने घोषणा गरिसकेका छन् ।
को को विश्वका टपटेन अर्वपतिको सूचिमा ?
१. बिल गेट्स : सम्पत्ति ७५ अर्ब डलर, अमेरिका
२. एमान्सियो ओर्टेगा : सम्पत्ति ६७ अर्ब डलर, स्पेन
३. वारेन बफेट : सम्पत्ति ६०.८ अर्ब डलर, अमेरिका
४. कार्लोस स्लिम हेलु : सम्पत्ति ५० अर्ब, मेक्सिको
५. जेफ बेजोस : सम्पत्ति ४५.२ अर्ब, अमेरिका
६. मार्क जुकरबर्ग : सम्पत्ति ४४.६ अर्ब, अमेरिका
७. ल्यारी इलिसन : सम्पत्ति ४३.६ अर्ब, अमेरिका
८. माइकल ब्लुम्बर्ग : सम्पत्ति ४० अर्ब, अमेरिका
९. चाल्र्स कोच : सम्पत्ति ३९.६ अर्ब, अमेरिका
१०. डेभिड कोच : स्रम्पत्ति ३९.६ अर्ब, अमेरिका
गुगलका १४ अनौठा सुविधा जुन तपाइँलाई थाहा नहुनसक्छ
इन्टरनेट बादशाहका रुपमा स्थापित गुगल केवल सर्च इन्जिनमात्र हैन । गुगलसँग यस्ता रोचक र चाखलाग्दा पुरक सुविधाहरु छन जसबारे तपाइँलाई अहिलेसम्म थाहा नहुनसक्छ ।
गुगललाई तपाइँले टाइमरका रुपमा, बिभिन्न हिसावकिताव राख्न, उल्था गर्न, ठूला जर्नल तथा पेन्टिङ सर्च गर्न पनि प्रयोग गर्न सक्नुहुन्छ । प्रयोगकर्तालाई सित्तैमा उपलब्ध गराइएका यस्तो केही सुपर कुल फिचरहरुबारे आज हामी यहाँ जानकारी दिँदै छौं ।
१. केही कुरा सम्झिन वा तुरुन्त नोट गर्न तपाइँले मोबाइल तथा डेस्कटपमा बिभिन्न नोट एपहरु प्रयोग गर्नुभएको होला । तर, गुगलले ल्याएको ‘गुगल किप’ एप यति गजबको छ कि तपाइँले सवै नोट एपलाई बिर्सनुहुने छ । डेक्सटप र मोवाइलका लागि उपयुक्त यो एपमा तपाइँले आफ्ना कामहरुबारे सुन्दर ढंगले क्रमबद्ध राख्न सक्नुहुन्छ ।
यसका साथै रिमाइन्ड गराउन, नोटको कलर चेन्ज गर्न र नोट आफ्ना साथीलाई सेयर गर्न पनि यो निकै उपयोगी छ ।
हेर्नुहोस् भिडियो
विश्व तेक्वान्दो हान्मादाङ्गमा नेपाल टिम च्याम्पियन
१७ फागुन, पोखरा । पोखरामा आयोजित विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा नेपाल च्याम्पियन भएको छ ।
फागुन १५ गतेदेखि पोखरा रंगशालामा भएको प्रतियोगितामा १४ स्वर्ण, २० रजत र ३७ काश्य जितेर नेपाल च्याम्पियन भएको हो ।
कोरिया बाहिर पहिलोपटक नेपालमा आयोजना गरिएको प्रतियोगितामा ७ स्वर्ण जितेको भारत दोश्रो भयो । भारतले ७ रजत र ८ काश्य जित्यो । त्यस्तै, ३ स्वर्ण, १ रजत र १ काश्य जितेको मलेसिया तेस्रो भयो भने बंगलादेश ३ स्वर्ण र २ काश्य जित्दै चौथो भयो । यसैगरी २ काश्य मात्रै जितेको भुटान पदक तालिकाको अन्तिममा रहृयो ।
विश्व तेक्वान्दो हान्मादाङ्ग कोरियाको सहयोग तथा नेपाल तेक्वान्दो संघ र कास्की तेक्वान्दो संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, मलेसिया र भुटान सहभागी थिए ।
२८ स्वर्ण, त्यत्तिनै रजत र ५० काश्यका लागि भएको प्रतियोगितामा कुल ७ सय ५० प्रतियोगीबीच प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा ६ सय नेपाली खेलाडीको सहभागिता थियो ।
हरेक वर्ष कोरियामा हुँदै आएको यो प्रतियोगिता कोरिया बाहिर पहिलोपटक आयोजना भएको हो । भुकम्प पुर्ननिर्माणमा सघाउ पुर्याउने उद्देश्यले प्रतियोगिता नेपालमा आयोजना गरिएको हो ।
देशभर रेलमार्ग बन्ने, भारत र चीनमध्ये कसको सहयोग बढी ? अहिलेसम्म रेलमार्गको चर्चा मात्रै भयो काम भएन्
– पूर्णप्रसाद मिश्र
काठमाडौँ, १९ मङ्सिर । इन्धन अभावले यातायातको सास्ती बेहोर्नुपर्दा रेल र मेट्रो रेलको प्रसङ्ग उठ्ने गरेपनि नेपालमा रेल ‘कुरा बढी काम कम’ हुने विषय बन्दै आएको छ ।
काठमाडौँ, १९ मङ्सिर । इन्धन अभावले यातायातको सास्ती बेहोर्नुपर्दा रेल र मेट्रो रेलको प्रसङ्ग उठ्ने गरेपनि नेपालमा रेल ‘कुरा बढी काम कम’ हुने विषय बन्दै आएको छ ।
सम्भाव्यता अध्ययन भएरपनि मेट्रो रेलको काम अघि बढ्न सकेको छैन । तर प्रधानमन्त्री, मन्त्री र नेताको भाषणमा भने यो सधैं बन्न लागेजस्तो गरी आउने गर्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २९ गते देशवासीका नाममा गर्नुभएको सम्बोधनमा उपत्यकामा विद्युतीय मेट्रो रेलको व्यवस्था गरिने कुरा दोहो¥याउनुभयो । रेल विभागले दुई वर्ष अघि कोरियाली कम्पनीलाई मेट्रो रेलका विषयमा सम्भाव्यता अध्ययन गर्न लगाई प्रतिवेदन मन्त्रालयलाई दियो । प्रतिवदेन लगानी बोर्डमा पुगेको छ तर प्रक्रिया बढ्न सकेको छैन ।
“काम सुरु भएको कम्तीमा २० वर्षमा मेट्रो रेल बन्ने सम्भावना हुँदैन, तर मेट्रो रेल छिट्टै बन्ने अभिव्यक्ति आउँछ, यो असम्भव छ” – रेल विभागका महानिर्देशक अनन्त आचार्यले भन्नुभयो ।
उपत्यकामा ७७ किमी रेलमार्ग बनाउने मिल्ने सुझाव प्रतिवेदनमा छ । त्यसमा २५ किमी भूमिगत र ५२ किमी आकाशे हुन्छ । तीन भाग आकाशे र दुई भाग भूमिगत बनाउन अध्ययन कार्यदलले सिफारिस गरेको छ ।
सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोक १२ किमी, कीर्तिपुर–कालिमाटीे–नयाँबानेश्वर–एयरपोर्ट ११ किमी र कोटेश्वर–चाबहिल–स्वयम्भू २९ किमीमा आकाशे तथा स्वयम्भू–डिल्लीबजार–बौद्ध १२ किमी र धोबीघाट–सिंहदरबार–नक्साल–गोङ्गबु १४ किमीमा भूमिगत बनाउन सिफारिश गरिएको छ ।
प्रतिवेदनका आधारमा मेट्रो नेपाल प्रालिले बनाएको ६५।९९ किमीको प्रतिवेदन बोर्डको दराजमा थन्किएको छ । “सरकारले लगानी गर्न नसक्ने भएकाले प्रतिवेदन आएर थन्किएको छ, प्रालिले यसमा इच्छा प्रकट गरेपनि त्यो संस्था नै अहिले सम्पर्कमा छैन, ६५।९९ किमीको निर्माण लागत रु २३ हजार ७५६।४० लाग्ने उल्लेख छ” – उहाँले भन्नुभयो ।
आकाशे रेलमार्ग निर्माणमा सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोक १२ किमीका लागि रु ७८ अर्व ३६ करोड, कीर्तिपुर–कालिमाटीे–नयाँबानेश्वर–एयरपोर्ट ११ किमीका लागि रु ६८ अर्व ६ करोड र कोटेश्वर–चावहिल–स्वयम्भू २९ किमीका लागि रु एक खर्ब ५१ अर्व लाग्ने अनुमान गरिएको महानिर्देशक आचार्यले जानकारी दिनुभयो । भूमिगत रेलमार्ग निर्माणमा स्वयम्भू–डिल्लीबजार–बौद्ध १२ किमीलाई रु एक खर्ब १८ अर्ब र धोबीघाट–सिंहदरबार–नक्साल–गोङ्गबु १४ किमीका लागि रु एक खर्ब ३९ अर्व ५० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
उपत्यकामा पाँचवटा विद्युतीय मेट्रो रेल निर्माणलाई कुल रु पाँच खर्ब ४७ अर्व १७ करोड लाग्ने अध्ययन प्रतिवेदनले देखाएको छ ।
मेची–काली रेलमार्गको काम सुस्त
सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको मेची–काली रेलमार्गको कामले गति लिन सकेको छैन ।
राष्ट्रिय गौरवको आयोजना भएपनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो नदिँदा रेलमार्गको कामले गति लिन नसकेको हो । यातायातलाई सहज र सुलभ बनाउन रेलमार्गको आवश्यकता भएपनि सम्बन्धित निकायको बेवास्ताले समस्या भएको विभागका अधिकारीहरुको गुनासो छ ।
राष्ट्रिय गौरवको आयोजना भएपनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो नदिँदा रेलमार्गको कामले गति लिन नसकेको हो । यातायातलाई सहज र सुलभ बनाउन रेलमार्गको आवश्यकता भएपनि सम्बन्धित निकायको बेवास्ताले समस्या भएको विभागका अधिकारीहरुको गुनासो छ ।
रेलमार्गको विकास गर्न विसं २०६८ असार १ गते विभाग र २०६६ मा विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न विद्युतीय रेलवे आयोजना बन्यो । आयोजनाले उपत्यकामा मेट्रो रेल, मेची–काली विद्युतीय रेलमार्ग लगायत रेलमार्गका विषयमा कोरियाली कम्पनीमार्फत् सम्भाव्यता अध्ययन ग¥यो ।
मेची–काली रेलमार्गको शुभारम्भ सरकारकै बजेटमा भएको हो । “राष्ट्रिय गौरवको आयोजनालाई वन, वातावरण भनेर काम रोकिरहने हो भने अरु सरह राखे भइहाल्यो नि १ किन विशेषण थप्नुप¥यो रु, हामी पनि विनाश त गर्दैनौँ” – महानिर्देशक आचार्यले भन्नुभयो ।
निकुञ्जबाट जाने रेलमार्गमा काम रोकिएको छ । सर्लाहीमा कल्भर्ट बनाउने र माटो पुर्ने काम वातावरणीय प्रभाव मूल्याङ्कनका कारण रोकिएको हो । प्रति किमी रेलमार्ग निर्माण गर्न रु ५० करोड लाग्नेछ । मेची–महाकाली रेलमार्गको काम आव २०७०÷७१ देखि सुरु भएको हो । लालबन्दी–बर्दिवास ३० किमीमा पनि कल्भर्ट र माटो पुर्ने काम भइरहेकामा तराई आन्दोलन र इन्धन अभावका कारण रोकिएको छ । यसको लागत रु ३० अर्ब छ ।
भारतको अनुदानमा रेलमार्ग
भारत सरकारको अनुदानमा बथना–जोगवनी–बुधनगर हुँदै विराटनगर आउने नेपालभित्रको १३.५ किमी रेलमार्ग निर्माणाधीन छ । जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमी एक हजार ६७६ मिलिमिटर चौडाइको ब्रोडगेज रेलमार्ग पनि भारतकै अनुदानमा बन्दैछ । दुवै रेलमार्ग बनाउन सरकारले जग्गा अधिग्रहण गरी उपलब्ध गराएको विभागका सुपरीवेक्षक इन्जिनीयर एवम् प्रवक्ता राजेश्वरमान सिंह बताउनुहुन्छ । असारपछि काम हुन नसकेको र इन्धनले थप अप्ठयारो पारेको छ ।
उहाँले भन्नुभयो – “नेपालमा सर्वप्रथम विसं १९८४ (सन् १९२७) मा रक्सौल–अमलेखगन्ज ४७ किमी रेलमार्ग सञ्चालनमा आएको थियो । यो रेलमार्ग त्रिभुवन राजपथ बनेपछि विसं २०२७ (सन् १९७०) मा यातायातमा एकाधिकार लाद्न चाहनेहरुका कारण बन्द भएको हो ।”
विसं १९९४ (सन् १९३७) मा सुरु भएको जनकपुर–जयनगर–बिजुलपुरा ५१ किमी रेलमार्गअन्तर्गतको बिगी पुल विसं २०५८ मा बाढीले बगाएपछि जनकपुर–जयनगर २९ किमीमा सीमित भयो । यसको स्तरोन्नति गर्न विभागले विसं २०७० मा बन्द ग¥यो ।
मेची–काली विद्युतीय रेलमार्ग ९४५ किमी लामो छ । काँकडभिट्टा–बर्दिवास खण्डको विस्तृत आयोजना प्रतिवेदन निर्माण गर्न साउन २८ मा बोलपत्र आह्वान भयो तर आन्दोलन र इन्धन अभावले काम हुन सकेको छैन । बर्दिवास–सिमरा–ताम्सारिया–बुटवल ३०० किमी रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेकामा चितवन राष्ट्रिय निकुञ्जमा पर्ने १२७ किमीको वातावरणीय प्रभाव मूल्याङ्कन गर्न बाँकी छ । विकल्पमा निजगढ–हेटौँडा–भरतपुर १७५ किमी निकुञ्जमा नपारी घुमाएर रेलमार्ग लैजाने विषयमा अध्ययन गर्न कोरियाली कम्पनी यु सिन इन्जिनीयरिङ्सलाई जिम्मा दिइएको छ । एक वर्षमा सम्भाव्यता अध्ययन सकी विस्तृत आयोजना प्रतिवेदन तयार पारिनेछ ।
यो आयोजनालाई गत आर्थिक वर्षमा रु एक अर्ब ३५ करोड छुट्याइएकामा यस वर्ष रु एक अर्ब ६५ करोड पु¥याइएको छ । राष्ट्रिय गौरवको आयोजनालाई काम गर्न छुट्याइएको बजेटले नपुगेमा बजेटकै कारण नरोकिने प्रतिबद्धता अर्थमन्त्री डा रामशरण महतले आव २०७२÷७३ को बजेट भाषणका क्रममा जनाउनुभएकाले समस्या नभएपनि मन्त्रालयको सकारात्मक सहयोग आवश्यक भएको विभागको भनाइ छ ।
काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनलाई सहज बनाउन मेट्रो रेलको सम्भाव्यता अध्ययन गराएपछि मन्त्रालयले विभागलाई थाहै नदिई लगानी बोर्डलाई जिम्मेवारी दिई सम्बन्धित विभागलाई बेवास्ता गरिएको इन्जिनीयर सिंहको गुनासो छ ।
विभागमा जनशक्तिको अभाव
विभाग गठन लगत्तै कर्मचारी भर्ना गर्न सामान्य प्रशासन मन्त्रालयले सिभिल इन्जिनीयर पदहरु राखेर बनाइएको रेलवे उपसमूहलाई स्वीकृति दियोे । मन्त्रालयको स्वीकृति भएपनि लोक सेवा आयोगले पाठ्यक्रम तयार नपार्दा रेल्वे उपसमूह अन्तर्गत सिभिल इन्जिनीयर पदपूर्ति हुन सकेको छैन । काजमा आएका कर्मचारीले काम चलाउँदा कामले गति लिन नसकेको हो ।
सिभिल इन्जिनीयर पटक पटक माग्दा पनि नपाएको विभागको गुनासो छ । “विभागमा २९ कर्मचारीको दरबन्दी स्वीकृत भएपनि १६ मात्र कार्यरत छन्, कर्मचारी अभावले चुस्तरुपमा काम भएको छैन, रेल्वे उपसमूहका ठाउँमा यातायात उपसमूहबाटै पनि सुरुको चरणमा काम चलाउन सकिन्छ, पछिल्लो समयमा मात्र विशेषज्ञ कर्मचारी भए हुन्छ” – महानिर्देशक आचार्यले भन्नुभयो ।
मन्त्रालयमा सडक विभागको चाप बढी रहेकाले रेल प्राथमिकतामा पर्दैन । गाउँका सडक रोकिए धेरै हल्ला हुन्छ । राजमार्ग रोकिए पनि त्यस्तै हुन्छ । मन्त्रालयका प्रवक्ता देवेन्द्र कार्की प्राथमिकताकै कारण एउटा आयोजनाबाट विभाग स्थापना गरिएको बताउनुहुन्छ । “सरकारको साधन र स्रोत सीमित छ, स्थापना लगत्तै रु २० खर्ब बजेट दिएर रातारात मेची–काली रेलमार्ग बन्न सक्दैन, क्रमिकरुपमा काम भइरहेको छ, राष्ट्रिय गौरवको योजनाको मान्यता पाउनुले नै महत्व दिई काम गरेको प्रमाणित हुन्छ”– उहाँले भन्नुभयो ।
काठमाडौँ–पोखरा रेलमार्गको अध्ययन सुरु
काठमाडौँ–पोखरा १७१ किमी विद्युतीय रेलमार्ग निर्माण सम्बन्धमा चीनको सरकारी कम्पनीले सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले पुस २ गते उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारसँग भेट गरी ३ गते शुक्रबारदेखि सम्भाव्यता अध्ययन गर्न सुरु गरेको हो ।
तीन महिनामा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाइने सो अवसरमा जानकारी गराएको मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख विष्णुओम वादेले बताउनुभयो ।
काठमाडौँको टोखाबाट गल्छी–कुरिन्टार–आँबुखैरेनी–डुमे्र–दमौली–दुलगौँडा हुँदै पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन हुन लागेको हो । “चौबीस स्थानमा गरी ६१ किमी सुरुङसहितको १७१ किमी लामो रेलमार्गको सम्भाव्यता अध्ययन चीनको सरकारी कम्पनीले सुरु गरेको छ, रेलमार्गमा ३४ वटा पुल हुनेछ, १६.८ किमीको पुल निर्माण गर्नुपर्ने देखिएको छ”– विभागका महानिर्देशक आचार्यले भन्नुभयो ।
तीन महिनामा सम्भाव्यता अध्ययन सम्पन्न गरी कम्पनी र सरकारका बीचमा समझदारीपत्रमा हस्ताक्षर भएपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरिने मन्त्रालयले जनाएको छ ।
“दोस्रो चरणमा आँबुखैरेनी–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि पनि कम्पनीले इच्छा देखाएको छ, यो रुटमा रेलमार्ग निर्माण गर्नसके धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ” – वैदेशिक महाशाखा प्रमुख वादेले भन्नुभयो ।
अध्ययनका लागि आर्थिक र प्राविधिक लगानी चिनियाँ कम्पनीले नै गर्नेछ । उपप्रधान मन्त्री गच्छदारले टोलीले नेपालको सन्दर्भमा उपयोगी एवम् दिगो रेल सेवा विकासको खाकासहितको प्रतिवेदन बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
हाल काठमाडौँ–पोखरा बस यात्राका लागि साढे पाँच घन्टा समय लाग्छ । यो रेलमार्ग निर्माण भएमा दुई घन्टामा सुरक्षित र वातावरणमैत्री यात्रा गरी पोखरा पुग्न सकिने विभागको भनाइ छ ।
भारतको अनुदानमा निर्माणाधीन रेलमार्ग २०७३ पुसको अन्तमा सकिनेछ । देशमा रेलमार्ग निर्माण भएपनि विभागसँग भने रेल छैन । पहिले सञ्चालनमा रहेको जनकपुर–जयनगरको रेल दुई फिटको भएकाले अहिले बनेको साढे पाँच फिटको रेलमार्गमा चलाउन सकिँदैन । अहिले एउटा रेलको कम्तीमा रु ५० करोडभन्दा बढी पर्छ । अहिलेसम्म सरकारले रेल किन्ने तयारी नगरेको पनि महानिर्देशक आचार्यले बताउनुभयो ।
विश्वमै दुर्लभ गिद्ध भेटियो
जाजरकोट, १८ पुस । विश्वमै दुर्लभ गिद्ध सुर्खेतमा भेटिएको छ ।
जिल्ला वन कार्यालय सुर्खेतले लोपोन्मुख अवस्थामा रहेको डङ्गुर (हिमालयन ग्रिसन) जातको गिद्ध बिरामी अवस्थामा भेटिएको हो ।
वीरेन्द्रनगर–८ इत्रामस्थित शङ्करचोक नजिकै औषधिले लठिएको अवस्थामा फेला परेको गिद्धको अहिले उपचार जारी रहेको वन कार्यालयले जनाएको छ ।
रतको पठानकोट एयरबेसमा आक्रमण, चार आक्रमणकारी मारिए
१८ पुस, भारतको पन्जाबस्थित पठानकोट एयरबेसमा शनिबार विहान आक्रमण भएको छ ।
आक्रमणमा चार चरमपन्थी मारिएका छन् । पन्जाब बोर्डर रेन्जका पुलिस उपमहानिरीक्षक विजय कुँवर प्रताव सिंहले चार आक्रमणकारी मारिएको पुष्टि गरेका छन् ।
दुई सुरक्षाकर्मीको मृत्यु भएको बताइए पनि पुष्ट भएको छैन । ६ जना गम्भीर घाइते भएका छन् ।
Subscribe to:
Posts (Atom)