धनगढीका डान्सबारहरुमा पछिल्लो समय अश्लिन गतिविधी मौलाए संगसंगै अबेर राती सम्म खुल्ला हुने गरेको थाहा पाएपछि जिल्ला प्रशासनले डान्सबारहरुमा कडाई गर्न थालेको छ । केही समय अघि मात्र धनगढीका केही डान्सबारमा प्रहरीले गोप्य सुचनाका आधारमा छापा हान्दा २४ युवती र ७ जना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएपछि कडाई गर्न थालेको हो ।
धनगढी उपमहानगरपालिकामा चार पाँच बर्ष अघि देखि सञ्चालनमा आएका डान्सबारलाई व्यवस्थि गर्न जिल्ला प्रशासन कार्यालयले आचारसंहिता लागु समेत गरेको छ ।
जिल्ला प्रशासनले गरेको आँचारसंहिता केही हद सम्म सहि भएपनि त्यस प्रति आफ्नो गुनासो रहेको डान्स बार सञ्चालकहरुले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयले धनगढीमा सञ्चालित डान्सबार राती दश बजे सम्म मात्र सञ्चाालन गर्न दिने,डान्सबारमा काम गर्ने युवतीहरुले साडी चोलो र कुर्तासुरुवाल अनिर्वाय लगाउनुपर्ने र काम गर्नेहरुको बस्ने ठाउपनि फरक फरक हुनुपर्ने लगाएतका कुराहरु आँचारसंहितामा उल्लेख गरीएको छ ।
वडा प्रहरी कार्यालयका प्रमुख मनोहर भट्टले डान्सबारमा हुने गरेका नकारात्मक गतिबिधीले समाजमा प्रत्येक्ष्य रुपमा सरोकार राख्ने भएकाले डान्सबारलाई व्यवस्थित गर्न आँचारसंहिता लागु गरेको बताउनुभयो ।
धनगढीमा अहिले आइरिस डान्सबार, कोब्राज डान्सबार, फिगर डान्सबार, बियर डान्सबार र ट्रयाक फोर डान्सबार सञ्चालनमा रहेका छन् । ट्रयाक फोर डान्सबारका सञ्चालक सञ्जय बलायरले प्रशासनले दश बजे भित्र डान्सबार बन्द गर्नुपर्ने नियम ठिक नभएको बताउनुभयो । उहाँले चिसो मौसममा दश बजे सम्म ठिकै भएपनि अहिले गर्मी मौसममा उचित नभएको बताउनुभयो । ग्राहकहरुपनि ढिलो नौ, दश बजे आउने त्यसमा पनि तत्काल दश बजे नै बन्द गर्नुपर्ने भएकाले निकै समस्या भएको बताउनुभयो । बलायरले बाहिर पनि अन्यले डान्स गर्दा स्टेजमा गित अनुसारको ड्रेस लगाउने भएकाले डान्स बारमा पनि डान्स गर्दा गित अनुसारको ड्रेस लगाउनु पाउनुपर्ने बताउनुभयो ।
त्यस्तै आइरिस डान्सबारका व्यवस्थापक अपिल चन्दले दश बजे व्यापार हुने समयमा प्रहरी आएर बन्द गर्न लगाउने गरेको भन्दै दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो आजभोली ढिलो साँझ पर्ने भएकाले ११ बजे सम्म भएपनि खोल्न पाउनुपर्ने बताउनुभयो ।
उहाँले प्रशासनले लागु गरेको समय अनुकुल ठिक नभएकोले १५ जना स्टाफहरुलाई पनि तलब दिन र घर भाडा तिर्न निकै गाह्रो हुने बताउनुभयो । वनपिस ड्रेस लाउन पाउनुपर्ने बताउनुभयो । त्यस्तै बियर डान्सबारका अश्विन सिग्देलले डान्सबारलाई व्यवस्था गर्न ठिक भएको भन्दै प्रशासनले जारी गरेको आचारसंहिता सुधार गनुपर्ने बताउनुभयो । त्यसैगरी बियर डान्सबारमा काम गर्ने एक युवतीले स्टेजमा साडि चोलो र कुर्ता सुरवाल लाएर डान्स गर्न गाह्रो हुने र ग्राहकको माग अनुसार पनि वन पिस वा छोटो लुगा लगाउनु पर्ने बताईन ।
रात्रीकालिन डान्सबारलाई व्यवस्थित गर्न नियम लागु गरेको र केही समय यता धनगढीका डान्सबारमा अश्लिन गतिबिधी लगाएतका घटनाहरु मौलाएको भन्दै यस्तो गरेको प्रशासनको दावी छ । नियम पालना नभएमा जिल्ला प्रशासन कार्यालयले कारर्वाही गर्ने जनाएको छ ।