धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

विश्व तेक्वान्दो हान्मादाङ्गमा नेपाल टिम च्याम्पियन

Taekwando
१७ फागुन, पोखरा । पोखरामा आयोजित विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा नेपाल च्याम्पियन भएको छ ।
फागुन १५ गतेदेखि पोखरा रंगशालामा भएको प्रतियोगितामा १४ स्वर्ण, २० रजत र ३७ काश्य जितेर नेपाल च्याम्पियन भएको हो ।
कोरिया बाहिर पहिलोपटक नेपालमा आयोजना गरिएको प्रतियोगितामा ७ स्वर्ण जितेको भारत दोश्रो भयो । भारतले ७ रजत र ८ काश्य जित्यो । त्यस्तै, ३ स्वर्ण, १ रजत र १ काश्य जितेको मलेसिया तेस्रो भयो भने बंगलादेश ३ स्वर्ण र २ काश्य जित्दै चौथो भयो । यसैगरी २ काश्य मात्रै जितेको भुटान पदक तालिकाको अन्तिममा रहृयो ।
विश्व तेक्वान्दो हान्मादाङ्ग कोरियाको सहयोग तथा नेपाल तेक्वान्दो संघ र कास्की तेक्वान्दो संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, मलेसिया र भुटान सहभागी थिए ।
Taekwando1२८ स्वर्ण, त्यत्तिनै रजत र ५० काश्यका लागि भएको प्रतियोगितामा कुल ७ सय ५० प्रतियोगीबीच प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा ६ सय नेपाली खेलाडीको सहभागिता थियो ।
हरेक वर्ष कोरियामा हुँदै आएको यो प्रतियोगिता कोरिया बाहिर पहिलोपटक आयोजना भएको हो । भुकम्प पुर्ननिर्माणमा सघाउ पुर्‍याउने उद्देश्यले प्रतियोगिता नेपालमा आयोजना गरिएको हो ।