धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

भारतीय एसएसबीले नेपालीमाथि किन गोली हान्यो ? चार नेपाली गम्भीर घाइते

ssb1

धनगढी, ९ मंसिर । सुनसरी जिल्लाको भान्टाबारीमा भारतीय सीमा सुरक्षाबल एसएसबीले आज बिहान साढे छ बजे गोली चलाउँदा चार नेपाली घाइते भएका छन् ।
एसएसबीको गोली प्रहारबाट गम्भीर भएका चार नेपालीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भइरहेको सुसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले जानकारी दिनुभयो ।
भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली प्रहारबाट सुनसरी जिल्ला निवासी अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव गम्भीर घाइते भएका हुन् ।

भारतबाट साइकलमा मल ल्याएर आउने क्रममा एसएसबीले अबरोध गरेर नेपालीहरूमाथि गोली प्रहार गरेको स्रोतले जनाएको छ । मल ल्याएवाफत रकम दिनुपर्ने भन्दै एसएसबीले घुस मागेपछि बिवाद सुरु भएको थियो ।
मल ल्याउन नदिएको एसएसबीले नेपाली नागरिकहरूलाई दुर्व्यवहार गरेको स्थानीय प्रत्यक्षदर्शीको भनाइ छ ।
भारतीय सीमा सुरक्षाबल एसएसबीले नेपालीहरूमाथि दुर्व्यवहार गर्दै आएको छ ।
एसएसबीको ज्यादतीको सर्वसाधारणले बिरोध गर्ने गरेपनि सरकारी तवरबाट त्यसको बिरोध हुन नसकेको भन्दै स्थानीय नेपालीहरूले आक्रोश व्यक्त गरेका छन् ।