भीमदत्तनगर – सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा नुनको अभाव हुन थालेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, अछामका अनुसार ढुवानीमा समस्याले एक हप्तादेखि बजारमा पनि नुनको अभाव सिर्जना भएको छ साल्ट ट्रेडिङ कार्यालयमा मौज्दात रहेको सहुलियतमा वितरण हुने नुन पनि बन्द गरिएको छ । जसका कारण अयोडिनयुक्त नुन लिन सदरमुकाम मङ्गलसेन आएका सर्वसाधारण रित्तै हात फर्किएका छन् ।साल्ट ट्रेडिङका अनुसार तत्काल नुन ल्याउन नसकिने भएकाले जिल्लाभर नुनको अभाव हुने सङ्केत देखिएको छ । हप्तामा दुई दिन आइतबार र मङ्गलबार सहुलियत दरमा नुन वितरण गर्दै आएको कर्पोरेसनले गोदाममा नुन सकिएपछि आफ्ना सबै सेवा बन्द गरेको छ । अछाममा सदरमुकाम मङ्गलसेन,
मुख्य व्यापारिक केन्द्र साँफेबगरलगायतका अन्य बजारमा पनि नुन पाउन छोडेको छ ।