६ जनाको समुहमा आएका एसएसबी (भारतको सीमा सुरक्षा बल) जवानले अचानक हामीलाई सोधे, ‘वो किधर गया ?’ हामीले जवाफ फर्कायौँ, ‘कौन, साहेब ?’ यति मात्र के भनेका थियौँ । एसएसबीका मान्छेले हातपात गर्न थाले । बन्दुक मिलाए । अन्धाधुन्दा गोली प्रहार गरे । हेर्दा हेर्दै संगै रहेका साथी अशोक भुइमा पुक्लुक्क लडे । एकै छिनमा मान्छे जम्मा भए । रुवाबासी सुरु भयो । एसएसबीले चलाएको गोलीको छररा लागि घाइते भए ।
नेपाली भूमिमा पसेर भारतीय एसएसबीले गोलि चलायो, ४ नेपाली घाइते
भारतीय भुमिबाट लुकिछिपी मल ल्याएको देखेपछि एसएसवीले ति मान्छेलाई पक्राउ गर्न खोजेको रहेछ । एसएसबीले पक्राउ गर्न थालेपछि तस्कार भागेर नेपालतिर दौडिएका रहेछन् । उनीहरुलाई खोज्दै एसएसबीका जवान नेपाली भुमिमा प्रवेश गरेका रहेछन् । उनीहरुले अन्धाधुन्दा गोली प्रहार गरेपछि म पनि घाइते भए ।
कालोबजारी गरी भारतबाट मल ल्याउने फरार ब्यापारी खोज्दै ६ जनाको समुहमा एसएसबी नेपाली भुमि प्रवेस गरेको रहेछन् । सोधपुछको क्रममा अचानक गोली चलाएपछि हामी घाइते भएका हौँ । दादागीरी शैलीमा ४ राउन्ड फायर गर्दै एसएसबीको टोली भारततिरै फर्किएको थियो । गाँउलले घाइतको उद्धार गरेका थिए ।
कालोबजारी गरी भारतबाट मल ल्याउने फरार ब्यापारी खोज्दै ६ जनाको समुहमा एसएसबी नेपाली भुमि प्रवेस गरेको रहेछन् । सोधपुछको क्रममा अचानक गोली चलाएपछि हामी घाइते भएका हौँ । दादागीरी शैलीमा ४ राउन्ड फायर गर्दै एसएसबीको टोली भारततिरै फर्किएको थियो । गाँउलले घाइतको उद्धार गरेका थिए ।
(एसएसबीले चलाएको गोली लागी घाइते मध्ये सुनसरी हरीपुर–७ का २५ बर्षीय सरोज यादवसँग रातोपाटीकर्मी तेज बनले गरेको कुराकानीमा आधरित)
घाइतेको उपचार हुँदै
एसएसबीले चलाएको गोली लागि घाइते भएका ४ जना मध्ये ३ जनाको उपचार धरानस्थित बिपी प्रतिष्ठानमा भइरहेको छ । बाँकी १ जना इनरुवा स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये सुनसरी हरीपुर ७ का २८ बर्षीय अशोक यादव गम्भिर रहेको छ । एसएसबीले चलाएको गोली यादवको देब्रे छाती हुँदै फोक्सो समेत प्वाल पारेको उपचारमा संलग्न प्रतिष्ठानका चिकित्सकले बताएका छन् । त्यस्तै एसएसबीले चलाएको गोलीले नरेस यादवको दाहिने पेट छेडेको छ भने सरोज यादवलाई छरराले भेटेर घाइते बनाएको चिकित्सकहरुले बताएका छन् ।