धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

ग्यासको कालोबजारी रोक्न यसरी भयो सुरुवात

Nepal Police Gass

धनगढी ८ मंसिर । उपभोग्य वस्तुमा खुलेआम कालोबजारी भएको भन्दै तत्काल नियन्त्रण गर्न प्रशासनसमक्ष मोरङका राजनीतिक दलहरुले आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार भएको सर्वदलीय छलफल कार्यक्रममा राजनीतिक दलका नेताहरुले खुलेआम कालोबजारी हुँदा पनि अनुगमन हुन नसकेको भन्दै आपत्ति जनाएका छन् ।
एमाले मोरङका अध्यक्ष महेश रेग्मीले ग्यासमा कालोबजारी भएकाले नियन्त्रण गर्न माग गर्नुभएको छ । आधा सिलिन्डर वितरण गर्ने गरिएको ग्यासमा व्यापक कालोबजारी हुने गरेको रेग्मीले दाबी गर्नुभयो ।

सिल बिनाको वितरण गर्ने गरिएको ग्यासमा पूरा तौल हुन नसकेकाले सिलबन्दी गरेर उपभोक्तासमक्ष पुराउनका लागि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली कांग्रेस मोरङका सचिव यदु विष्टले ग्यास वितरण पारदर्शी हुन नसकेको गुनासो गर्नुभयो । पेट्रोलियम पदार्थ वितरण हुने कुरा जानकारीमा आउने भए पनि ग्यास वितरण गर्ने जानकारी नपाउँदा उपभोक्ता हैरानी खेप्न बाध्य भएको बताउनुभयो ।
एमाओवादीका गणेश उप्रेतीले ग्यास वितरणमा पारदर्शिता नभएकाले आठ राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि सहभागी सर्वदलीय बैठकमा दलका नेताहरुले दैनिक उपभोग्य वस्तुहरु दाल, तेल, चामललगायतका वस्तुको पनि अनुगमन गर्न आग्रह गरेका छन् ।
बजारमा कालोबजारी बढेको गुनासो आएपछि वाणिज्य कार्यालयलाई पटक पटक निर्देशन दिँदा पनि अनगुमन नगरेको प्रजिअ गणेशराज कार्कीले बताउनुभयो । वाणिज्य कार्यालयको काम गराईप्रति आफू सन्तुष्ट नरहेको उहाँको भनाइ छ ।
‘कालोबजारी छैन भन्न सक्ने अवस्था छैन’, प्रमखु जिल्ला अधिकारी कार्कीले भन्नुभयो, ‘अनुगमन गर्नका लागि पटक पटक वाणिज्य कार्यालयका प्रमुखलाई भने पनि बजार अनुगमन हुन सकेन ।’
सर्वदलीय छलफल कार्यक्रममा सहभागी वाणिज्य मन्त्रालयका प्रतिनिधिलाई वाणिज्य कार्यालयका प्रमुखलाई कारबाही गर्न आग्रह गर्नुभयो ।
छलफल कार्यक्रममा प्रजिअ कार्कीले उपभोग्य वस्तुमा कालोबजारी भएको बारेमा प्रशासन कार्यालयलाई जानकारी दिन पनि आग्रह गर्नुभयो ।
छलफल कार्यक्रममा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, माले, राप्रपा, नेमकिपाका प्रतिनिधिको सहभागिता रहेको थियो ।