धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

इन्धन बोकेको भन्दै तीन मोटरसाइकलमा आगजनी

फाइल तस्वीर८ मंसिर, जनपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले धनुषाको पुर्व पश्चिम राजमार्ग अन्र्तगत ढल्केवरमा तीन वटा मोटरसाईकलमा आगजनी गरेका छन । मोर्चाका कार्यकर्ताहरुले राति १ बजे समयमा मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

मोटरसाईकल कसको हो भन्ने अहिले पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।मोटरसाईकल प्रयोग गरेर इन्धन तथा विभिन्न प्रकारको समानहरु ओसार्दै गरेको आरोप लगाउदै मोटरसाईकलमा आगजनी गरिएको हो । दुई वटा मोटरसाईकल पुर्ण रुपमा जलेर नष्ट भएको छ भने एउटा मोटरसाईकमा समान्य क्षति पुगेको छ ।
मोर्चाका ६ कार्यकर्ता घाइते
धनुषाको ढल्केबरमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप हुंदा मोर्चाका ६ जना कार्यकर्ता घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा रोकिएका गाडी सोमबार राति प्रहरीले स्कर्टिङ गर्न थालेपछि अवरोध गर्न गएका मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप भएको हो ।
झडपको क्रममा प्रहरीको लाठिचार्जबाट मोर्चाका ६ जना कार्यकर्ता घाइते भएका हुन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । राजमार्गमा पर्ने ढल्केवरमा जम्मा भएका मोर्चाका कार्यकर्तालाई तितरवितर पार्न प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको थियो ।
मोर्चाका कार्यकर्ताले केही गाडीमा ढुंगामुडा समेत गरेका छन् । अवरोधकाबिच पनि प्रहरीले सोमबार राति ढल्केवरबाट पांच सय गाडी स्कर्टिङ गरेर गन्तव्य तर्फ पठाएको छ ।