अन्तराष्ट्रिय आप्रवासन संस्था (आइओएम) का प्रमुख विलियम स्विङ्गले रोयटर्सलाई दिएको अन्तरवार्तामा सिरियामा भइरहेको यद्ध, इबोलाको महामारी, पश्चिमी अफ्रिकामा बिको हरमको गतिविधि, नेपालमा आएको भूकम्प, लिबियामा जारी द्वन्द्व र यमन, दक्षिणी सुडान, मध्य अफ्रिकी गणतन्त्र, अफगानिस्तान र इराकमा देखिएको सम्स्याका कारण युरोपमा पहिले कहिल्यै नदेखिएको स्तरको आप्रवासी सम्स्या देखिएको बताएका छन् ।
स्विङ्का अनुसार गत वर्ष मात्रै मानव तस्करहरुले युरोप पठाए बापत् एक अर्ब अमेरिकी डलर कमाई सकेका छन् । युरोपमा यो वर्ष १० लाख आप्रवासीले प्रवेश गरेका छन् । तर कति जना नेपाली त्यसरी युरोप गएका छन् भन्ने यकिन तथ्याङ्क उपलब्ध छैन ।