त्यसैगरी मध्यपुरथिमि नगरपालिका–१७ लोकन्थलीस्थित राममन्दिरनजिकैको पानीले भरिएर दह बनेको सिममा महोत्तरी हात्तीवन–१ घर भई बालकोट बस्ने वर्ष ३१ को पावेल घिमिरेको शव फेला परेको छ ।
प्रहरीले दुईवटै शवलाई शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।
दुवै जनाको मृत्युको कारण रहस्यमय भएकाले अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।
भीरबाट लडेर सशस्त्र प्रहरीको मृत्यु
दार्चुलामा एक सशस्त्र प्रहरीका एक जवानको भीरबाट लडेर मुत्यु भएको छ । मृत्यु हुनेमा दार्चुला धारी–२ फाराका २८ वर्षीय ग्रिस कुँवर रहेका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताउनुभयो ।
नवलपरासीमा कार्यरत मृतक जवान स्थानीय फारभिटा भन्ने भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बिदामा घर आएका जवान घरबाट कार्यक्षेत्र जाँदै गरेका पारिवारिक स्रोतले बताएको छ । मृतकको शव मंगलबार शव परीक्षण गरी आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ । मृतक कुँवरका एक छोरा तथा श्रीमती रहेका छन् ।