धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

जनताका लागि नेपाली सेनाद्वारा आगो र चियाको व्यवस्था

Aago

गौशाला, ८ पुस । बिहानको कठ्याँङ्ग्रिदो जाडो छल्नका लागि महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली सेनाले आज बिहान आगो र चियाको व्यवस्था गरेको छ ।
बढ्दै गएको जाडोका कारण स्थानीय बासिन्दा तथा सडकमा रात बिताउनेका लागि जलेश्वरस्थित नेपाली सेनाका फस्ट रैफल गणले जलेश्वरको मटिहानीचौक, दुर्गाचौक र शङ्करचौकमा दाउरा बालेका छन् ।

त्यस्तै तीनवटै स्थानमा नेपाली सेनाले निःशुल्क चियाको व्यवस्था पनि गरेको सो गणका गणपति पवन खत्रीले बताउनुभयो । केही दिनदेखि जिल्लामा बाक्लो हुस्सु, शीतलहर र चिसो हावाले जाडो बढेकाले नेपाली सेनाले स्थानीयवासीलाई लक्षित गर्दै जलेश्वरको तीन स्थानमा दाउरा बाल्नुका साथै चियाको व्यवस्था गरिदिएको हो ।
नेपाली सेनाले गरेको दाउरा र चियाको व्यवस्थाबाट सयौँ व्यक्ति लाभान्वित भएका छन् भने सेनाको यस कार्यलाई निरन्तरता दिन स्थानीयवासीले माग गरेका छन् ।