काठमाडौँः अप्टिकल फाइबर प्रयोग गरेर बिना अनुमति दूरसञ्चार सेवा प्रदान गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई कारबाही गरेको छ ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार एनसेलले अवैधरुपमा दूसञ्चार सेवा सञ्चालन गरेकाले उक्त सेवा तत्काल बन्द गर्न र नियम अनुसार पाँच लाख जरिवाना तिर्न प्राधिकरणले कम्पनीलाई निर्देशन दिइसकेको छ ।
एनसेलले जिएसएम मोबाइल तथा इन्टरनेट–इमेलका लागि मात्र लाइसेन्स लिएको छ । एनसेलले गैरकानुनीरुपमा ‘बेष्ट क्वालिटी भ्वाइस सर्भिस ‘भिओआइपी’ प्रयोग गर्दै आएको पाइएको प्रवक्ता अर्यालले राससलाई जानकारी दिए ।