मोरङ: पूर्वी मोरङमा नक्कली सुनको गहना बनाई ठगी गर्दै हिँड्ने गिरोहका तीन जनालाई प्रहरीले इटहरा र उर्लाबारीबाट नियन्त्रणमा लिएको छ।
उनीहरुको साथबाट रु ५० हजार र नक्कली सुनका दुईवटा गहना नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी नायब निरीक्षक शङ्कर खड्काले जानकारी दिए।
प्रहरीले उनीहरुलाई बिहान नगद र बरामद सामग्रीसहित सार्वजनिक गरेको छ। यस्तै, नक्कली सुनको गहना बनाई सुनचाँदी व्यवसायीलाई ठग्ने गरेको अभियोगमा अनुसन्धान गर्न प्रहरीले आजै उर्लाबारीका सागर विश्वकर्मालाई पनि नियन्त्रणमा लिएको छ।
कुमारसँगको मिलोमतोमा नक्कली गहना बनाउने गरेको शङ्कामा अनुसन्धानका लागि सागरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।