घटना हेमपुर गाविस वडा नम्बर ७ मा भएको हो । मर्निङवाकमा हिँडेका उनलाई आँखामा खुर्सानीको धूलो छर्केर धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
हेमपुर गाविसका दुईपटक निर्वाचित अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य रहिसकेका यादव लोकप्रिय नेता थिए । उनी पछिल्लो समय पार्टीको निर्णयबमोजिम मधेसमा संविधानबारे जनतालाई बुझाउने अभियानमा थिए ।
रायको हत्या रहस्यमय रहेको एमालेका सर्लाही जिल्ला कमिटी सदस्य गणेश प्रसाईले बताए । ‘हामी अहिले घटनास्थलमै छौं, पहिले खुर्सानीको धूलो आँखामा छरेर धारिलो हतियार टाउकोमा प्रहार गरिएको छ’ उनले भने ।
हत्याको कारण खुल्न सकेको छैन । अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यसैबीच एमाले सचिव योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै हत्याको अनुसन्धान गरी दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।