कोइराला निवास महाराजगञ्जमा बुधबार जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले साइकल हस्तान्तरण गर्नुभएको हो । पूर्वप्रधानमन्त्री कोइरालाले केहीबेर साइकल चढेर अभियानमा सहभागिता जनाएका थिए ।
‘थोपा-थोपा इन्धन बचाउन र वातावरणमैत्री राष्ट्रिय अभियानमा सहभागी बनौँ’ नाराका साथ मन्त्रालयले साइकल प्रयोगमा प्रोत्साहन गर्दैआएको छ ।
यसअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई मन्त्रालयले साइकल प्रदान गरेको थियो ।