धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

१० दिनभित्र मधेश आन्दोलन र भारतीय नाकाबन्दी अन्त्य हुन्छ : प्रधानमन्त्री ओली कालोबजारी नियन्त्रण नभए जिम्मेवार पदाधिकारी कारबाहीमा पर्ने

विराटनगर, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको समस्या दश दिनमा समाधान हुने बताउनुभएको छ ।
Kp-Oliविराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले समस्या समाधानका लागि मधेसी मोर्चासँग औपचारिक- अनौपचारिक वार्ता भइरहेको उल्लेख गर्नुभयो ।
नेपाली जनताको इच्छा, आवश्यकतालाई ध्यानमा राखी फराकिलो सोच एवम् उदारताका साथ सरकार वार्तामा अगाडि बढेको प्रशङ्ग उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले चाँडै मुलुक सहज अवस्थामा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आपूर्तिलाई सहज बनाउन सरकार अग्रसर रहेको र सीमामा देखिएका समस्या केही दिनमै समाधान हुने बताउनुभयो । कालोबजारीका सन्दर्भमा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले कालोबजारी नियन्त्रण नभए केही दिनमै जिम्मेवार पदाधिकारी कारबाहीमा पर्ने जानकारी गराउनुभयो ।