धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

बाबुरामसँग कम्बल लिने को हुन् यी भद्रभलाद्मी ?

समाचार टिप्पणी/तस्बिर बोल्दैन । तर भनिन्छ तस्बिर बोल्छ । यो हजारौं शब्दभन्दा शक्तिशाली हुन्छ । तर कहिलेकाँही तस्बिरहरुलाई बोल्ने बनाइन्छ आफ्नो स्वार्थअनुसार ।
यो तस्विर अहिले सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताका लागि हटकेक बनिरहेको छ । हातमा महंगा घडी, औँलामा सुनको औँठी, कोट पाइन्टमा सजिएका ‘सुटेड बुटेड’ व्यक्ती निकै भलाद्मी देखिन्छन् । उनै भलाद्मी व्यक्तिलाई कम्बल हस्तान्तरण गर्दै गरेका व्यक्ति नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराई हुन् ।

यो तस्विरलाई सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुले निकै महत्वकासाथ शेयर गरिरहेका छन् । अधिकांश प्रयोगकर्ताहरुले यो तस्विरलाई बाबुराममाथि आलोचनाको हतियार बनाएका छन् ।
त्यसो त भूकम्पपछि बाबुरामका दुई तस्बिर निकै भाइरल बने । गोरखाका एक भूकम्पपीडितको आँखाको आँसु पुछ्दै गरेको तस्बिरले कुनै समय आम सामाजिक सञ्जाल प्रयोगकर्तालाई भावुक बनाएको थियो । बाबुराम ‘हाइहाइ’ बनेका थिए । त्यतिबेला उनी एमाओवादीमै थिए । उनी त्यतिबेला संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिको जिम्मेवारीमा पनि थिए