‘संविधानले पहाड, हिमाल र तराईका समुदायको हक अधिकारलाई सुनिश्चित गरेको छ तर मधेसी मोर्चाले संविधानले केही दिएन भनेर जनतामा भ्रम छरेको छ,’ बिहीबार विराटनगरमा अगुवा कार्यकर्ताहरुलाई सम्वोधन गर्दै गच्छदारले भने ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्षसमेत रहेका गच्छदारले मोर्चाले संविधानले केही दिन सकेन भनेर जनतामा भ्रम छरेकाले त्यसलाई चिर्न आफना कार्यकर्तालाई निर्देशन समेत दिए । कुनैपनि संविधान आफैमा पूर्ण नहुने भन्दै गच्छदारले संविधान संसोधन गरेर सबैको अक अधिकारलाई सुरक्षित गर्न सकिने धारणा राखे ।
‘अहिलेको अवस्थामा मोर्चाको मागलाई पनि संविधान संसोधनमार्फत सम्वोधन गर्न सकिन्छ, उनले भने, ‘जनतामा संविधानबारे गलत नारा दिएर आन्दोलन गरेर उचित निकास निस्किँदैन ।’
गच्छदारले मधेस समस्याको सम्वोधनका लागि तराई-मधेसमा तीन प्रदेशसहित आठ प्रदेश निर्माण गर्नुपर्ने दोहोर्याए ।