कास्की: पोखरा उपमहानगरपालिका-१४ चौथेको प्रगती टोलमा मंगलबार राति मानबहादुर रानाको घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मानबहादुरकी ३५ वर्षीया श्रीमती सीता राना, ११ वर्षीय छोरा हेमन्त राना, पाहुना आएकी २२ वर्षीय वसन्ती राना र मानबहादुरको ७५ वर्षीय आमा गंगा कुमारी रानाको मृत्यु भएको हो।
बुधबार बिहान अबेरसम्म नउठेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।