पोखरा नागरिक उड्डयन कार्यालय पोखराले आज एक सूचना प्रकाशित गरी विमान दुर्घटना भएको स्थानको सूचना दिने व्यक्तिलाई पोखरा अल्ट्रालाइट कम्पनीका तर्पmबाट सो पुरस्कार दिइने खोज तथा उद्धार समन्वय उपकेन्द्रका प्रमुख योगेन्द्रनाथ कुँवरले बताए ।
सो दिनको बिहान १०ः३० बजे पोखरा विमानस्थलबाट उडेको केही समयपछि सम्पर्कविहीन भएको सो अल्ट्रालाइन विमानको खोजीमा हेलिकोप्टर, अरू अल्ट्रालाइन विमान र स्थलगत रुपमा प्रहरी परिचालन गरिए पनि दुर्घटनाग्रस्त स्थल पत्ता लगाउन नसकिएको पोखरा नागरिक उड्डयन कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले बताए ।
सो अल्ट्रालाइट विमान रुसी चालक भ्यालोरी बुरटिनले चलाएका थिए भने दक्षिण अफ्रिकाका एलिजावेथ वेल यात्रुका रुपमा दृश्यावलोकनका लागि सवार रहेकी थिइन् ।