११ कात्तिक, काठमाडौं । नेपालको दोस्रो राष्ट्रपति चयनका लागि मंगलबार व्यवस्थापिका संसदमा मतदान हुँदैछ ।
राष्ट्रपतिका लागि सत्तारुढ दल नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीलाई उम्मेद्वार बनाएका छन् । भने कांग्रेसले नेता कुलबहादुर गुरुङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।
संसद सचिवालयका अनुसार मंगलबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुनेछ । मतदान सकिएपछि दिउँसो साढे २ बजेदेखि मतगणना हुनेछ भने बेलुकी पौने ५ बजे मतगणनाको परिणाम सभामुखलाई निर्वाचन समितिले हस्तान्तरण गरिनेछ ।
बेलुकी ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले नयाँ राष्ट्रपतिको मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको छ । उपराष्ट्रपतिका लागि भने १४ गते निर्वाचन हुने कार्यतालिका संसद सचिवालयले जारी गरेको छ ।