धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

एक महिनामा ११ किशोरी र महिलाको हत्या

१२ कात्तिक, 
 एक महिनाको अवधिमा ११ जना किशोरी तथा महिलाहरुको हत्या भएको छ । सञ्चारिका समूह नेपालले असोज महिनामा गरेको सञ्चार अनुगमनबाट यो तथ्य फेला परेको हो ।

Sancharika-Samuha-Nepalराष्ट्रिय दैनिक पत्रिकाहरुको अनुगमन गर्दा एक महिनाको अवधिमा हत्यासम्बन्धी ३६ वटा समाचार सामाग्री प्रकाशित भएका थिए ।
सञ्चारिका समूहले सञ्चारमाध्यममा महिला हिंसाका समाचार कति आएका छन् ? ती समाचारले कस्तो प्राथमिकता पाइरहेका छन् ? हिंसाका समाचारमा ‘फलोअप’ समाचार आएका छन् कि छैनन् ? समाजमा के कस्ता लैंगिक हिंसा भइरहेका छन् र ती सम्बन्धमा कस्ता समाचार सामाग्री आइरहेका छन् भनेर सञ्चार अनुगमन गर्दै आएको छ ।