धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

शक्तिशाली भूकम्पमा परी पाकिस्तानमा १६ को मृत्यु, सयौं घाइते

Earthquake-At-Pakistan

   शक्तिशाली भूकम्पका कारण पाकिस्तानमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । अहिले उद्धार कार्य जारी छ | अफगानिस्तानको काबुलबाट २५६ किलोमिटर उत्तर पूर्वमा हिन्दु कुश हिमालय पहाडलाई केन्द्र बनाएर ७.७ रेक्टर स्केलको भूकम्प गएको थियो । पाकिस्तानको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने ७.५ रेक्टरको भूकम्प गएको बताएको छ ।
पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण घरहरु भत्किएर तथा छत खसेर १६ जनाको मृत्यु भएको छ । विभिन्न शहरको अस्पतालहरुमा सयौं घाइते भर्ना भएका छन् ।
पहिलो भूकम्प गएको ४० मिनेटपछि ४.८ रेक्टर स्केलको अर्को धक्का गएको थियो ।
.