धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

गोपीकृष्ण हलमा प्रहरी छापा, जुवा खेलाइ लुटेको भन्दै पौडेल पक्राउ

गोपीकृष्ण मुभिजका मालिक उद्धव पौडेल
काठमाडौं, १२ कात्तिक । राप्रपा नेपालका नेता एवम् गोपीकृष्ण मुभिजका मालिक उद्धव पौडेल यतिबेला चिन्तामा डुबेका छन् । दसैँको बेला खुब पैसा कमाउने भनेर योजना बुनिरहेका उद्धव पौडेल त्यतिबेला जिल परे, जतिबेला आफ्ना हलका म्यानेरलाई प्रहरीले पक्राउ गर्‍यो ।

कुरा हो कात्तिक ३ गते मंगलबार अर्थात कोजाग्रत पूर्णिमाका दिन प्रहरीले गोपीकृष्ण फिल्म हलमा छापामारेर म्यानेर तीर्थ पौडेललाई गिरफ्तार गरेको गर्‍यो ।
पौडेलले फिल्म हलभित्रै बालबालिका ठग्ने गरी विभिन्न बहानामा भिडियो गेम र जुवा खेलाउने गरेको गोप्य सूचना पाएपछि प्रहरीले छापामारेको जनाएको छ । फिल्म हलभित्र भिडियो गेम र अन्य ज्याकपटका नाममा ठगी गरेको गुनासो बढेपछि छापामारेर पौडेललाई नियन्त्रणमा लिएको प्रहरीले उल्लेख गरेको छ ।म्यानेजर पौडेलसहित उनका भतिजा ईश्वर पौडेल पनि पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले अदालतमा पेश पनि गरिसकेको छ ।
उनीहरूलाई प्रहरीले सात दिन हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन आदेश दिएको छ ।
पौडेलले हलभित्र मुन्द्रे र कुन्डलेहरूलाई सहभागी गराएर भिडियो गेम र अन्य जुवाजन्य खेल प्रशासनसँग अनुमति नलिइ सञ्चालन गरेर ठगी गरेको अभियोगमा प्रहरीले हलमा छापामारेर पौडेल र उनका भतिजालाई नियन्त्रणमा लिएको हो ।
उता, आफ्ना हलका म्यानेजर पक्राउ परेपछि गोपीकृष्ण फिल्म हलका मालिक उद्धव पौडेललाई पर्नु पिर परेको छ । उद्धव पौडेल अहिले पक्राउ परेका आफ्ना म्यानेजरलाई छुटाउन शक्ति केन्द्र धाउन थालेका छन् ।
उद्धव पौडेलले राप्रपा नेपालका अध्यक्ष एवम् परराष्ट्रमन्त्री कमल थापासँग हारगुहार गर्ने गरेको स्रोतको भनाइ छ । परराष्ट्रमन्त्री थापाले पनि उद्धव पौडेललाई प्रहरी झमेलाबाट बचाउने आश्वासन दिएका छन् ।