धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

 १६ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज नगरक्षेत्रका केही स्थानमा आज अपराह्न ३ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा(कर्फ्यू) जारी गरेको छ ।
birjung-Nakaजिल्ला सुरक्षा समितिको आज बसेको बैठकले नेपाल–भारत सीमा नाकास्थित शङ्कराचार्यद्वारदेखि इनर्वा, बाइपास, नया बसपार्क, पावरहाउस चोक, राधेमाई क्षेत्र, आदर्शनगर र छपकैया लगायतका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको प्रजिअ केशव घिमिरेले बताउनुभयो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र ३ (क) बमोजिम कर्फ्यू जारी गरिएको क्षेत्रमा एकै ठाउमा पाच वा सोभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन । निषेधाज्ञा उल्लङ्घन गर्ने प्रयास गरेमा सुरक्षाकर्मीले कानुनबमोजिम कारबाही गर्न र उक्त क्षेत्रमा कुनै किसिमको हिंसात्मक कार्य गर्नेमाथि गोलीसमेत हान्न सक्नेछ ।