७४ दिनदेखि घैंटेको शव अस्पतालमा
काठमाडौ १८ कार्तिक-प्रहरीसँगको मुठभेडमा मारिएका थुन्डानाइके कुमार घैंटेको शव ७४ दिनदेखि अस्पतालमा छ ।घटनाको छानबिन हुनुपर्ने भन्दै आफन्तले शव बुझेका छैनन् ।
गत भदौमा रानीबारीस्थित घरै अगाडि मुठभेडमा उनको मृत्यु भएको थियो । घैंटेका आफन्तले प्रहरीले नियोजित रुपमा हत्या गरेको आरोप लगाउँदै आएका छन्
।