१८ कात्तिक, । पाकिस्तानका अलराउण्डर एवं पूर्व कप्तान शोएब मलिकले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
इंग्ल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम टेष्टको दोस्रो पारीमा शून्यमै आउट भएपछि उनले सन्यासको घोषणा गरेका हुन् ।
मलिकको अप्रत्यायिक सन्यास घोषणाले टीममेट समेत आश्चर्यमा परेका छन् । ३३ वर्षका मलिकले पााच वर्षपछि टेष्टमा कमब्याट गरेका इंग्ल्याण्डविरुद्धको पहिलो म्याचमा कमब्याक गरेका थिए ।
उनले पहिलो टेष्टमै २४५ रन बनाए, जुन उनको करियरकै सर्वश्रेष्ठ पारी हो । त्यसपछिका पााच पारीमा उनले जम्मा ४७ रन बनाए ।
मलिकले सन्यास घोषणाको कारण खराब फर्म नभएको बताए । उनले परिवारलाई समय दिन र २०१९ को विश्वकपमा केन्द्रीत हुन चाहेको बताए । उनले भने, अब मलाई लाग्यो कि सन्यास लिने र युवा खेलाडीहरुलाई स्थान दिने समय आयो ।’
मलिकले आफ्नो करियरमा ३५ टेष्ट म्याचमा १८९८ रन बनाएका छन्, जसमा तीन शतक र आठ अर्धशतक छन् ।