धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

विश्वसामू चीनले फेरि देखायो शक्ति, घरमा बनायो पहिलो सुपरजेट (फोटो फिचरसहित) चिनियाँ राष्ट्रपति शीले दिए बधाई

 १७ कात्तिक । अमेरिकापछि विश्वकै शक्तिशाली राष्ट्र चीनले सोमबार आफ्नो शक्ति प्रदर्शन गरेको छ ।

The first C919 passenger jet made by the Commercial Aircraft Corp of China (Comac) is pulled out during a news conference next to a Chinese national flag at the company's factory in Shanghai, November 2, 2015. Comac rolled out China's first homemade 158-seated C919 narrow body jet, which is meant to rival similar models from Airbus Group and Boeing Co. State television also showed footage of the aircraft rolling off the assembly line in Comac's Shanghai factory. In a statement, the company said it had already received 517 orders for the aircraft mainly from domestic firms. REUTERS/China Daily CHINA OUT. NO COMMERCIAL OR EDITORIAL SALES IN CHINA - RTX1UBTBनेपालको असल छिमेकी भनेर चिनिँदै आएको चीनले अमेरिकासहित विश्वलाई टक्कर दिनेगरी आफ्नो शक्ति प्रदर्शन गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । चीनले प्रख्यात अमेरिकी विमान कम्पनी बोइंगलाई टक्कर दिनका लागि स्वदेशी उत्पादनमै पहिलो ठूलो यात्री विमान बनाएको छ ।

सोमबार चीनले यो विशाल यात्री विमानलाई दुनियाँको अगाडि सार्वजनिक गरेको छ । कमर्शियल एयरक्राफ्ट कार्पाेरेशन अफ चाइना (कोमैक)का चेयरम्यान जिन झुआंगलोंगले चीनमा विकसित पहिलो ठूलो यात्री विमान सी-९१९को अनावरण गरिएको बताए । उनले चीनको यो कदमले विमान क्षेत्रले फड्को मारेको दाबी गरे ।
तथ्यांक अनुसार चीनले बनाएको जहाज अमेरिकासँग मात्रै छ । यो १५८ सीट क्षमताको सी-९१९ विमानले परीक्षणकै क्रममा पहिलो उड़ान २०१६ गर्नेछ । चीनको सरकारी समाचार संस्था सिन्हुवाका अनुसार व्यवसायिक प्रयोजनका लागि अनुमति पाएपछि यो विमानले विश्वका विमान कम्पनी बोइंग र एयरबसका विमानलाई टक्कर दिन सक्नेछ । भने अमेरिकाको एकाधिकार तोडिनेछ ।
चिनियाँ राष्ट्रपति शी जिनपिंगले यो विमान निर्माणलाई लिएर चिनियाँ उड्डयन विशेषज्ञहरुलाई बधाई दिएका छन् । साथै विमानको पहिलो उड़ानको क्रममा गुणस्तर र सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका छन् । यो विमानले परीक्षणकै क्रममा पहिलो अर्काे वर्ष गर्नेछ ।
चिनियाँ उड्डयन विशेषज्ञलाई चीन र विदेशी २१ कम्पनीहरुले ५१७ जेट विमान बनाउन अर्डर समेत गरिसकेका छन् । यसले अमेरिकी बोइगं कम्पनीका ग्राहक घट्ने समाचारमा दाबी गरिएको छ ।
china-air-1  china-air-2