धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
एमाओबादी फेरी बिभाजन, देबेन्द्र पौडेल सहित ५ दर्जन नेताहरुले पार्टी परित्याग गर्दै

१७ कार्तिक - एकिकृत नेकपा माओवादी फेरी बिभाजन भएको छ । पार्टीका महत्वपुर्ण नेताहरु, केन्द्रीय सदस्य,पोलिट ब्यूरो सदस्य र सल्लाहकार समितिमा रहेका भण्डै ५ दर्जन नेताहरुले आज पार्टी परित्यागको घोषणा गर्ने तयारी गरेका छन । 
पार्टी अध्यक्ष पुष्प कमल दाहाल दोस्रो जनआन्दोलन दबाउने मुख्य मतियारका रुपमा रहेको राप्रपा नेपालसंग मिलेर सरकारमा गएपछि एमाओवादीमा बसिरहनुको  औचित्य सकिएको नेता देबेन्द्र पौडेलले जानकारी दिनुभयो । उहांले पार्टी परीत्याग गर्ने तयारी भईरहेको र आज २ बजे सम्ममा पार्टी परीत्याग गरेको पत्र बुझाउने बताउनु भयो । 
नेता पौडेलले राप्रपा नेपालका अध्यक्ष कमल थापासंग सहकार्य गर्नु पर्ने र उहाँको प्रशंसा गर्नु पर्ने अवस्थाका कारण पार्टीमा बसिरहन नसकिएकोले पार्टी त्याग्न नेताहरु तयार भएको बताउनु भयो ।  
आज पार्टी परित्याग गर्नेमा एमाओवादीको केन्द्रीय समिति र सल्लाहकार समितिका झण्डै ६० जना रहेको अर्का नेता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।
उहाँले सवैले हस्ताक्षर गरेपछि पार्टी केन्द्रीय कार्यालयमा पार्टी परित्यागको पत्र बुझाईने बताउनु भयो । 
आज पार्टी परित्याग गर्नेमा केहीदिन अगाडी पार्टी परित्यागको घोषणा गर्नु भएका एमाओवादीका पुर्वउपाध्यक्ष बाबुराम भट्टराईलाई समर्थक नेताहरुको संख्या बढी रहेको छ ।  
पार्टी परीत्याग गर्ने केन्द्रीय नेताहरुमा देबेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा, वामदेव क्षेत्री , महेन्द्र पासवान, भक्तबहादुर शाह, गंगा श्रेष्ठ, कुमार पौडेल, रामरिझन यादव, प्रभु साह, खिमलाल देवकोटा लगायतका रहेका छन ।   
एकिकृत नेकपा माओवादी फेरी बिभाजन भएको छ । पार्टीका महत्वपुर्ण नेताहरु, केन्द्रीय सदस्य,पोलिट ब्यूरो सदस्य र सल्लाहकार समितिमा रहेका भण्डै ५ दर्जन नेताहरुले आज पार्टी परित्यागको घोषणा गर्ने तयारी गरेका छन । 