काठमाडौं, ११ पुस । शुक्रबार मध्यराति गएको ६.५ रेक्टर स्केलको शक्तिशाली भूकम्पले भारतका अधिकांश सहर हल्लिएका छन् ।
राजधानी नयाँ दिल्ली, पञ्जाब, हिमाञ्चल, कश्मीर सहित उत्तर भारतका कैयौ भूभागमा भूकम्पको कडा धक्का महसुस गरिएको भारतीय न्यूज च्यानल एबीपीले जनाएको छ ।
राति १ बजे भूकम्पका कैयौ झट्का महसुस गरिएको थियो । भूकम्पको धक्काले मानिसहरुले सुत्न पनि पाएनन् । घर छाडेर बाहिर चौरमा गएका थिए ।
भूकम्पको केन्द्र अफगानिस्तान-ताजिकिस्तान सीमा नजिकै रहेको बताइएको छ । यसको तीव्रता ६.५ रेक्टर स्केल मापन गरिएको छ ।
अफगानिस्तान र पाकिस्तानमा केही मानिसहरु घाइते भएको प्रारम्भिक सूचना प्राप्त भएको छ । भारतमा भने कुनै क्षति नभएको अधिकारीले बताएका छन् । भूकम्पको धक्का करिब ३ मिनेटसम्म महसुस गरिएको थियो ।
दिल्ली-एनसीआर चण्डीगढ़, जयपुर र कश्मीरका साथै अलावा पाकिस्तानको शहर लाहौर र इस्लामाबाद पनि भूकम्पको कडा धक्का महसुस गरिएको छ । भारतमा सबैभन्दा ठूलो धक्का कश्मीरको राजधानी श्रीनगरमा महसूस गरिएको छ ।
समाचार अनुसार भूकम्पले पाकिस्तान र अफगानिस्तानमा केही घरहरु भत्किएको विवरणहरु पनि सार्वजनिक भएका छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।